१४ देशका लागि राजदूत सिफारिस, स्पेनमा दूतावास खोल्ने निर्णय (सूचि सहित)

सोमबार, ०९ फागुन २०७३, १६ : ५६ ज्ञान न्यौपाने

काठमाडौं- सरकारले खाली रहेका १४ देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ। सोमबार साँझ दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदूतको लागि नाम सिफारिस गरेको हो। यस्तै स्पेनमा दूतावास खोल्ने पनि निर्णय भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले बताए।

सोमबार साँझ दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदूतको लागि नाम सिफारिस गरेको हो। यस्तै स्पेनमा दूतावास खोल्ने पनि निर्णय भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले बताए।

मन्त्रिपरिषदले सिफारिस गरेका नाममा युएई आशा लामा, जापान प्रतिभा राणा, डेनमार्क युवनाथ लम्साल, बहराईन पदम सुन्दास, अष्ट्रेलिया लक्की शेर्पा, कतार रमेश प्रसाद कोइराला, साउदी अरेबिया महेन्द्र सिंह, म्यानमार भिम उदास, श्रीलंका विश्वम्भर प्याकुरेल, ओमान शर्मिला पराजुली, कोरिया अर्जुन जंगबहादुर, बंगलादेश चोपलाल भुषाल, इजरायल निरन्जन थापा रहेका छन्। स्पेनमा खोल्न लागिएको दूतावासमा अवकास प्राप्त सहायक उपरथी भरत रायमाझीलाई सिफारिस गरिएको छ।

संसदीय सुनुवाईपछि उनीहरुको नियुक्तिको बाटो खुल्ने छ। यस अघि पनि राजदूत सिफारिस भए तापनि सरकार परिवर्तनसँगै त्यो कार्यान्वयन हुन सकेको थिएन।

आज बिहान बसेको पहिलो मन्त्रिपरिषद बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो। अाजै दोस्रो पटक बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो। साँझै निर्वाचनको मिति तय गर्ने गरी अर्को मन्त्रिपरिषद बैठक बस्ने जनाइएको छ।





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad