७ वैशाख २०८१ शुक्रबार
अर्थ

पेट्रोल पम्पमा उपभोक्ताको लाइन, निगम भन्छ– 'पर्याप्त तेल छ'

काठमाडौं– उपत्यकाका पेट्राेल पम्पहरूमा उपभाेक्ताकाे लामाे लाइन छ। पेट्रोल अभावमा पम्पमा उपभोक्ताको लाइन बढेको हो। तेल अापूर्तिकर्ता नेपाल आयल निगमले पट्रोलियम पदार्थको अभाव नभएको बताइरहेको छ। धेरै जसो पेट्रोल पम्पहरुले लामो लाइन लगाएरै भए पनि पेट्रोल वितरण गरिरहेका छन्। केहीले भने ‘पेट्रोल छैन’ भन्ने सूचना समेत टाँसेका छन्।

सेवासुविधालगायतका मागसहित पेट्रोलियम पदार्थ ढुवानी मजदूरहरुले शुक्रबार ढुवानी अवरुद्ध गरेको र अर्को दिन शनिबार बिदा परेकोले २ दिन पेट्रोलियम ढुवानी प्रभावित हुँदा पम्पहरुमा उपभोक्ताको लाइन बढेको हो।

पेट्रोल पम्पहरुमा उपभोक्ताको लाइन किन बढ्यो ? ‘सरकारको हेलचेक्रेयाँई मुख्य जिम्मेवार छ,’  उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन्, ‘एक दिन पनि आपूर्ति नभए अत्यावश्यक वस्तुको अभाव र कालोबजारी बढ्छ भन्ने थाहाहुँदा हुँदै सरकारले कुनै पनि हालतमा शुक्रबार पेट्रोलिय ढुवानी गराउनै पर्ने थियो।’

उनका अनुसार सेवासुविधालगायतका मागसहित पेट्रोलियम पदार्थ ढुवानी मजदूरहरुले शुक्रबार ढुवानी अवरुद्ध गरेको र अर्को दिन शनिबार बिदा परेकोले २ दिन पेट्रोलियम ढुवानी प्रभावित हुँदा पम्पहरुमा उपभोक्ताको लाइन बढेको हो। मजदुरका नाममा पेट्रोलिमय पदार्थ ढुवानी व्यवसायीहरुले नै आन्दोलन गराएको उनको भनाइ छ ।

‘मुख्य कुरा तेल चोर्न पाउनु पर्छ भन्ने किसिमकाे माग ढुवानी व्यवसायीहरुको हो,’ उनले भने, 'पेट्रोलियम पदार्थ ढुवानी नियमावली २०७३ को संशोधनले बढी तेल चोरिएको पाइए बजार मूल्यभन्दा दोब्बर मूल्य तिराउने व्यवस्था गरेपछि त्यस्तो व्यवस्था खारेजीका लागि व्यवसायीहरु आन्दोलित भएका हुन्।’

सरकारले हालसम्म १२ हजार लिटरको ट्यांकरमा ०.९ र २० हजार लिटरको ट्यांकरमा ०.१२ प्रतिशतसम्म तेल चोरी भए छूट दिँदै आएको थियो। र, मापदण्डभन्दा बढी चोरी भए बजार मूल्य बराबरकै रमक तिराउने गरेको थियो । तर, संशोधित नियमावलीमा उक्त मापदण्डभन्दा बढी तेल चोरी भएको पाइए बजार मूल्यभन्दा दोब्बर पैसा तिराउने नियम बनाएपछि त्यो खारेज हुनुपर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका हुन्।

व्यवसायीको आन्दोलनका कारण शुक्रबार र बिदा परेका कारण शनिबार ढुवानी प्रभावित भएको तथा वर्तमान राजनीतिक परिस्थितिमा मधेशी मोर्चालगायतका मधेशकेन्द्रीत दलले आन्दोनल गरे फेरी पनि पेट्रोलिमय पदार्थ अभाव हुने अनुमानका आधारमा उपभोक्ताले पेट्रोलको भण्डारण बढाउन थालेका कारण पनि पम्पहरुमा लाइन र तेल अभावको अवस्था देखिएको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।

‘हामीले सोमबार आपूर्ति मन्त्रालयका सहसचिव सुर्यकुमार श्रेष्ठलाई भेट्यौं,’ उनले भने, ‘सोमबारबाट आपूर्ति सहज हुन्छ भन्नुभएको छ। पायक पर्ने पम्पबाट एक दुई लिटर तेल हाल्ने गरेको उपभोक्ताहरुले पनि ट्याङ्की गर्न थालेका कारण लाइन बढेको हो।’  

शुक्रबार एक दिन ढुवानी प्रभावित भए पनि पेट्रोलको अभाव हुनुपर्ने कुनै कारण नहेको नेपाल आयल निगममा प्रवक्ता भानुभक्त खनाल बनाउँछन्।

‘आइतबार र सोमबार नियमिति आपूर्तिको दोब्बर तेल पेट्रोल पम्पहरुलाई वितरण गरिएको छ,’ प्रवक्ता खनालले भने, ‘आइतबार ८२५ किलोलिटर र सोमबार ७५० किलोलिटर पेट्रोलियम पदार्थ पम्पहरुलाई पठाइएको छ, जबकी साविकमा दैनिक ३५० किलोलिटर पठाउने गरिएको थियो।’

अभाव हुने अनुमानका आधारमा उपभोक्ताहरले सवारी साधनमा ‘फूल ट्याङ्की र भण्डारण पनि गर्न थालेका कारण असहज जस्तो देखिएको उनले बताए ।

 

 

 

 

 

प्रकाशित: ९ फाल्गुन २०७३ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App