coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

नेपाली सेनाको २६ नम्बर बाहिनी चिनियाँ सैन्य टोलीले निरीक्षण गर्ने

चिनियाँ सैनिक टोलीसँग सामूहिक तस्विर खिचाउँदै प्रधान सेनापित राजेन्द्र क्षत्री

काठमाडौं— नेपाल—चीन संयुक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला उच्चस्तरीय चिनियाँ सैन्य टोली आइतबार नेपालमा छ। चीनको पिपुल्स लिबरेसन आर्मीको पश्चिम कमान्डका डेपुटी चिफ अफ स्टाफ मेजर जर्नेल झाओ जिन्सङको नेतृत्वमा १५ सदस्यीय टोली अाइतबार नेपाल आएको हो।

सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले चिनियाँ सैन्य टोलीले काभ्रेको भकुन्डेबेसीस्थित नेपाली सेनाको २६ नम्बर बाहिनीको स्थलगत भ्रमण गर्नेछ। यस्तै भक्तपुरको दृश्यावलोकनसमेत औपचारिक कार्यक्रममा समावेश गरिएको छ।

तीनदिने औपचारिक भ्रमणमा आएको टोलीले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसहित रथीहरूसँग भेटघाट गरेको छ। जंगीअड्डामा भएको भेटमा आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो। 

सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले चिनियाँ सैन्य टोलीले काभ्रेको भकुन्डेबेसीस्थित नेपाली सेनाको २६ नम्बर बाहिनीको स्थलगत भ्रमण गर्नेछ। यस्तै भक्तपुरको दृश्यावलोकनसमेत औपचारिक कार्यक्रममा समावेश गरिएको छ। नेपाल भ्रमणपछि चिनियाँ सैन्य टोली मंगलबार भारत प्रस्थान गर्नेछ।

प्रवक्ता कार्कीले नेपाल–चीन सैन्य अभ्यासका विषयमा भ्रमण टोलीसँग छलफल नहुने बताए। उनले नेपाल र भारतसहित अन्य एसिया राष्ट्रको भ्रमणमा रहेको सैन्य टोलीको उद्देश्य सम्बन्ध विस्तार मात्र रहेको बताए।

‘सम्बन्ध विस्तार र पारस्परिक हितमा केन्द्रीत भ्रमण हो, पश्चिम कमान्डको टोलीसँग हाम्रो सामूहिक विषयमा छलफल भएको हो,’ कार्कीले नागरिकन्युजसँग भने। 

नेपाली सेना र चिनियाँ सैनिकको संयुक्त सैन्य अभ्यासको अन्तिम तयारी भइरहेको छ। दुवै देशका सैन्य अधिकारीले अभ्यासका एजेन्डा र विषयवस्तुको अन्तिम छनोट गरिरहेका छन्।

सैनिक स्रोतका अनुसार विपत् व्यवस्थापन, प्रतिआतंकबाद र युद्धकलासम्बन्धी अनुभव साट्ने मञ्चका रूपमा सैन्य अभ्यास हुन लागेको हो। तर पहिलोपटक भएका कारण भारतीय पक्षले यसलाई एजेन्डा बनाएपछि चिनियाँ टोली सम्बन्ध सुधार र विस्तारमा निस्किएको हो।

 

प्रकाशित: ९ फाल्गुन २०७३ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App