coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काँकरभिट्टातर्फ गइरहेको माइक्रो राजमार्गमा अाफैँ पल्टियो, १६ जना घाइते

राजविराज—पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको जन्डोलमा आज भएको माइक्रोबस दुर्घटनामा परी १६ जना यात्रु घाइते भएका छन्। 

घाइते हुनेहरुमा सुनसरी सोनापुर–२ का वीरेन्द्र साह, उनकी पत्नी मधुदेवी साह, सुनसरी रामनगर भुटाहा–७ का मोहमद नजिव, र मोहमद सुभान मियाँ, मोरङ केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ रङ्गेली नगरपालिका–५ का रमेशकुमार साहलगायत १६ जना रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। 

गम्भीर घाइतेलाई विराटनगरस्थित न्युरो अस्पताल र सामान्य घाइतेलाई सप्तरीको रुपनगरस्थित धर्मेश्वर अस्पताल पठाइएको छ। 

काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा३ख ८२८७ नंको हाइस माइक्रोबस आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो। माइक्रोबसका चालक फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ। रासस

प्रकाशित: ९ फाल्गुन २०७३ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App