coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पले दिए स्वीडेनलाई जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीडेन बारे दिएको अभिव्यतिबारे ह्वाइट हाउसले सफाई दिनु परेको छ।

आन्तरिक द्वन्द्व लगायतका कारणले विस्थापित भएका शरणार्थीहरुलाई स्वीडेनले शरण दिएको भनी राष्ट्रपति ट्रम्पले खिल्ली उडाएको भन्दै स्वीडेनले आपत्ति जनाएपछि अमेरिकी राष्ट्रपतिको कार्यालयले सफाई दिएको बीबीसीमा उल्लेख छ।

राष्ट्रपति ट्रम्पले अमेरिकाकै फ्लोरिडा राज्यमा जनतासँग गरेको र्‍यालीमा जर्मनी ,स्वीडेन ,फ्रान्स ,बेल्जियम लगायतका अन्य यूरोपियन मुलुकहरुले शरणार्थीलाई शरण दिएर अनावश्यक चासो देखाएको भन्दै त्यसले समस्या निम्त्याएको टिप्पणी गरेका थिए।

जर्मनी ,स्वीडेन, फ्रान्स लगायतका मुलकहरुले शरणार्थीलाई कुनै पनि कागजात बिना नै शरण दिएको र आफ्नो मुलुकलाई असुरक्षित बनाएको ट्रम्पले टिप्पणी गरेका थिए। तर आफुले भने त्यस्ता व्यक्तिलाई शरण नदिएर अमेरिका तथा अमेरिकन जनतालाई सुरक्षित बनाएको ट्रम्पको भनाई थियो।

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई प्रति स्वीडेनले जवाफ मागेको थियो। तर ट्रम्पको कार्यालयले आफुले कुनै देश प्रति पूर्वाग्रही भएर यस्तो अभिव्यक्ति नदिएको तथा कुनै देश विशेषको विषयमा त्यसरी बोल्न नचाहेको भन्दै प्रष्टीकरण दिएका छन्।

प्रकाशित: ९ फाल्गुन २०७३ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App