८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाली दूतावास टोकियोले मनायो प्रजातन्त्र दिवस

टोकियो—नेपाली दूतावास जापानको आयोजनामा शनिवार टोकियोमा ६७ औं प्रजातन्त्र दिवस मनाइएको छ। जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे एनआरएनए आईसीसीका उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा, नेपाली राजनैतिक दलका जापान स्थित भातृ संगठनका पदाधिकारी लगायत जापानबासी नेपालीहरूको उपस्थिति थियो। 

कार्यक्रममा उनले नेपालको समग्र विकासमा योगदान पुर्‍याउन जापानबासी नेपालीलाई आग्रह गरे।

कार्यक्रममा प्रमुख अतिथि उद्योगमन्त्री जोशीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र प्राप्तिको लागि आफ्नो अमूल्य जीवन त्याग गर्ने शहिदलाई स्मरण गरे। कार्यक्रममा उनले नेपालको समग्र विकासमा योगदान पुर्‍याउन जापानबासी नेपालीलाई आग्रह गरे।

नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले प्रजातन्त्र दिवसको महत्वबारे प्रकाश पार्दै मुलुकको बर्तमान राजनीतिक संक्रमणकालीन अवस्थाको छिटो अन्त्य गर्दै नेपालको आर्थिक विकासको निम्ति प्रमुख दलहरूबीच एकता हुनुपर्ने धारणा राखे।

कार्यक्रमका सभापति कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले प्रजातन्त्र प्राप्तिको लागि शहिद भएकाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै जापानमा रहेका बिभिन्न राजनीतिक दलका भातृ संगठन तथा अन्य संघसंस्थाले कार्यक्रममा सहभागिता जनाएर आपसी भाईचारा र नेपाली एकताको सन्देश दिएको भन्दै नेपाली समुदायको प्रशंसा गरे।

कार्यक्रम दूतावासका द्वितीय सचिब टोपनारायण गिरीले सञ्चालन गरेका थिए। ६७ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा राजदूतावासले दूतावास र राजदूत निवासमा ३ दिनसम्म दीपावली गरेको थियो।

प्रकाशित: ९ फाल्गुन २०७३ ०८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App