७ वैशाख २०८१ शुक्रबार
समाज

लडेर दृष्टिविहीन छात्राको मृत्यु

बाबियाचौर (म्याग्दी)– दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत एक छात्राको लडेर मृत्यु भएको छ ।

मृत्युहुनेमा लुलाङ–७ लमसुङका आठ वर्षीया यममाया विक रहेका छन्। म्याग्दीको पिप्ले–९ मौवाफाँटस्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा २ मा अध्ययनरत उनको आइतबार साँझ मृत्यु भएको हो।

विद्यालयमा निर्माणाधीन भवनबाट लडेर रडमा ठोक्किँदा घाइते भएकी उनको उपचारका लागि बेनी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिप्रका म्याग्दीका प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताए। रासस

प्रकाशित: ९ फाल्गुन २०७३ ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App