coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिशुलीमा बोलेरो जीप खस्यो, दुई बेपत्ता, चार जना घाइते

धादिङ- त्रिशुली नदीमा बोलेरो जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्। चितवनको कविलास-४ स्थित १७ किलोमा आज बिहान करिब ३ बजे ना३ख ७५४३ नम्बर जिप त्रिशुली खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बेपत्ता हुनेमा गोर्खा ताकुका विष्णुमायाँ गुरुङ र उनका नाति कविन गुरुङ छन्। त्यस्तै घाइते हुनेमा गोर्खा ताकुकै भीमबहादुर गुरुङ, टीका गुरुङ, न्युटल गुरुङ र चालक शिव खड्का छन्। खड्काबाहेक सबै एकै परिवारका हन्। उनीहरुको उपचार चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कोठाको सामान लिएर जाँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन्। बोलेरो पानी भित्रै रहेकाले निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ९ फाल्गुन २०७३ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App