७ वैशाख २०८१ शुक्रबार
अर्थ

मेघौली सराइ लज विश्वका उत्कृष्ट होटलको सूचीमा

काठमाडौं- अमेरिकाको ट्राभल एन्ड लिजर पत्रिकाले नेपालको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ। पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीको यसपालिको संस्करण '२०१७ इट लिस्ट'मा मेघौली सराइलाई समावेश गरेको हो।

चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सराइको व्यवस्थापन विश्वस्तरीय ताज होटल्स समूहले गरिरहेको छ। विश्वका ६ महाद्वीपका ३१ देशबाट ४४ होटललाई छनोट गरिएकोमा नेपालबाट एकमात्र होटल मेघौली सराइ पनि परेको हो।

'यो वर्षको प्रतिस्पर्धा विगतको भन्दा वास्तवमै उच्चस्तरको रहेको थियो,' पत्रिकाले लेखेको छ, 'यी ४४ होटलले विभिन्न क्षेत्रमा विशिष्टता प्रदर्शन गरेका छन्। कसैको डिजाइन उत्कृष्ट छ भने कसैले खानाको उत्कृष्टतामा बाजी मारेका छन्। कुनै चाहिँ अति विशिष्ट स्थानमा रहेका छन्। यी सबैले विश्वभरका होटल उद्योगका लागि उत्कृष्टताको सन्देश दिएका छन्।'

'हाम्रो लागि यो महŒवपूर्ण सम्मान हो, जसका लागि हामी कृतज्ञ छौं,' चौधरी समूहका कार्यकारी निर्देशक तथा सिजी होटल्स एन्ड रिसोटर््सका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, 'यसले सिजी र नेपाललाई उत्कृष्ट हस्पिट्यालिटी सेवामार्फत विश्व मानचित्रमा स्थापित गराउन सहयोग गरेको छ।' उनले सिजी होटल्स एन्ड रिसोटर््सका विशिष्ट होटलहरु माल्दिभ्स, श्रीलंका, दुवई, फिलिपिन्स, चीन, इन्डोनेसिया, न्युयोर्कलगायत स्थानमा रहेको पनि बताए।

ताजसँगको साझेदारी हाम्रा लागि विशेष महŒवको छ र मेघौली सराइसहित नेपाल तथा भारतमा हाम्रा पाँच ताज सफारी लजहरु रहेका छन्,' उनले भने, 'मेघौली सराइ ट्राभल एन्ड लिजरको यो सूचीमा पर्नाले विश्वभरका धेरै गुणस्तरीय पर्यटक नेपाल आउने विश्वास हामीले लिएका छौं।'                  

मेघौली सराइ युनेस्को विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको छ। यहाँ आउने पाहुनाले अनुपम जैविक र वनस्पतीय विविधताको आनन्द लिन पाउँछन्। दुर्लभ एकसिँगे गैंडा, बंगाल टाइगर र घडियाल गोहीको संरक्षणका लागि यो निकुञ्ज परिचित छ। यहाँ ६८ प्रजातिका स्तनधारी जन्तु, पाँच सय ४४ प्रजातिका चरा, एक सय २६ प्रजातिका माछा लगायतको जैविक विविधता रहेको छ। त्यस्तै यहाँ बीसहजारी तालको रामसार क्षेत्र पनि रहेको छ।

'यो ताज सफारी लज विशिष्ट स्थानमा रहेको छ। यहाँबाट गैंडा अवलोकन सजिलै गर्न सकिन्छ। हात्ती सफारी, निजी स्विमिङ पुल (प्लन्ज पुल), अल्फ्रेस्को मसाज, थारु भोजन जस्ता विशेषता यसका पहिचान हुन्,' पत्रिकाले थप लेखेको छ।

सिजी होटल्स एन्ड रिसोर्ट्स चौधरी ग्रुप (सिजी कर्प ग्लोबल) को हस्पिट्यालिटी कम्पनी हो। झन्डै एक सय ४० वर्षको इतिहास रहेको र चौथो पुस्ताको नेतृत्वमा रहेको सिजी कर्प ग्लोबलको उपस्थिति करिब ३० देशमा रहेको भन्दै चौधरीले यो बहुराष्ट्रिय औद्योगिक एवं व्यापारिक समूह अन्तर्गत करिब १० हजार कर्मचारी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आवद्ध रहेको जानकारी दिए। चौधरी ग्रुप फोर्ब्समा सुचिकृत नेपालको पहिलो अर्ब–डलर समूह हो।

प्रकाशित: ९ फाल्गुन २०७३ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App