coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महायज्ञ उद्‍घाटन गर्न प्रधानमन्त्री पुगे सिरहा

लहान- प्रधानमन्त्री पुष्पकमल दहालले श्रीमदभागवत महायज्ञ उद्‍घाटन गरेका छन्। प्रधानमन्त्री दाहाल बालुवाटारमा नेपाली कांग्रेससँगको बैठक सकेर हेलिकप्टर मार्फत सिराहा आइपुगेका थिए। दाहालसँगै कांग्रेस नेता प्रदिप गिरी र कानुनमन्त्री अजय शंकर नायक पनि महायज्ञमा आएका थिए।

महायज्ञमा बोल्दै मधेसी मोर्चासँगको सहमतीमै चुनावको मिति घाषणा हुने बताएका छन्। मोर्चाको मागमा प्रतिवद्धता जनाएर सहमतिमार्फत स्थानीय चुनावको मिति घोषणा हुने र प्रतिवद्धा पुरा गरेर मोर्चाको सहभागितामा स्थानीय चुनाव हुने दहालको बताए।

लहानमा आईतबारबाट सुरु श्रीमदभागवत महायज्ञ उद्‍घाटन गर्दै दहालले भने,‘मधेसी, आदिवासीको भावना समेटिएर सँसदमा दर्ता सँशोधन प्रस्ताव पारित गरेरै चुनावमा जाने सरकारको तयारी छ।’ उनले थपे,‘मिति अहिले घोषणा भएपनि चुनाव त तिन महिना पछि हुन्छ, यो बिचमा मोर्चासँग गरिएका प्रतिवद्धता पुरा भैसक्छ।’

                स्थानीय तह पुनरसँरचनामा इकाई सँख्या बढाउनुपर्ने समितिले सुझाव दिईसकेको छ उनले भने,‘जनसंख्याको अनुपातमा मधेसमा स्थानीय तहको सिटसंख्या बढाउने निर्णय भोली(सोमवार) मन्त्रीपरिषदबाट हुँदै छ ।’ चुनावको मिति तोक्नु अघि गरिने तीनवटा सहमतीको खाका प्रस्तुत गरे–पहिलो मधेसी, आदिवासीको भावना समेट्ने गरी सँसदमा दर्ता भएको संशोधन बिधेयक अघि वढाएर टुँगो लगाउने । दोस्रो जनसँख्याको अनुपातमा मधेसमा स्थानीय निकायको सिटसंख्या बढाउने र तेस्रो संघीय आयोग, विगतका सहमती र प्रतिवेदनको आधारमा संघीय संरचनालाई टुँगो लगाउने। यी सहमति तीन महिनाभित्र पुरा गर्नेगरी सहमती भएपछि चुनावको मिति तोकिन्छ, उनले भने ।’ अहिले देशमा राष्ट्रबादको ठूलो बहस चलेकोतर्फ औल्याउँदै उनले प्रश्न गरे,‘कुनै वर्ग समुदायलाई निषेध, विभेद र अपमानित गरी अधिकारबाट बन्चित गराउने काम राष्ट्रवाद हो?’उनले थपे,‘अहिलेको लडाई अधिकार दिने र दिनुहुन्न बिचको हो।’

प्रकाशित: ८ फाल्गुन २०७३ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App