८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

तामिल नाडु विधानसभामा हंगामा

नयाँ दिल्ली- भारतको दक्षिण तामिल नाडु राज्यमा मुख्यमन्त्रीका रुपमा बिहीबार सपथ लिएका इ.पलनीसामीले विधान सभामा विश्वासको मत लिने क्रममा हंगामा भएको छ। गोप्य मतदानको माग गर्दै विधान सभामा विपक्षी कांग्रेस, डीएमके र पनीरसेल्भम समूहले हंगामा गरेका थिए। तर सभामुखले यो माग खारेज गरिदिएपछि विधासभा तोडफोड भएको थियो।

विधान सभा भित्र रहेका माइक, कुर्सी र टेबल तोडफोड भएका छन्। यति मात्रै नभई विधान सभा सदस्यहरुबीचमा हात हालाहल पनि भएको थियो। विधानसभा सदस्यहरुको झगडाका कारण एक कर्मचारी घाइते भएको भारतीय संचारमाध्यमले बताएका छन्।

उक्त हंगामाका कारण तामिल नाडु विधान सभाको बैठक दुई पटक स्थगित गर्नुपरेको थियो। पहिलो दिउँसो १ बजे सम्म र पछि ३ बजेसम्म बैठक स्थगित गरिएको थियो।

हंगामा कै बीचमा पनि तामिल नाडुको विधान सभामा इ.पलनीसामीले बहुमत प्राप्त गरेका छन्।  उनको पक्षमा एक सय २२ र विपक्षमा ११ मत आएको थियो।

पलनीसामीले विधान सभामा ध्वनी मतका आधारमा विश्वासको मत जिते। १३४ सदस्य रहेको विधान सभामा उनलाई  ११७ विधायकको मतको आवश्यकता थियो।

विधानसभाको बैठकमा भएको हंगामा आफ्नो सर्ट च्यातिएको विधानसभा सभामुखले बताएका छन्। डीएमकेका नेताले भने सभामुख आफैले आफ्नो सर्ट च्यातेको प्रतिक्रिया दिएका छन्।

विधान सभामा हंगामा भएतापनि पलनीसामी विश्वासको मत जित्दै तामिल नाडु राज्यको मुख्य मन्त्री बनेका छन्। उनी  तामिल नाडुकी पूर्व प्रसिद्ध नेतृ स्वर्गीय जे जयललिता र आय भन्दा बढि सम्पत्ति कमाएको आरोपमा जेल सजाय काटिरहेकी शशिकलाकी विश्वास पात्र मानिन्छन्।

प्रकाशित: ८ फाल्गुन २०७३ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App