coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन मिति घोषणा गर्न सत्ता गठबन्धन सहमत, आयोगसँग आजै परामर्श लिने

सत्ता गठबन्धनको बैठकमा सहभागी नेताहरु। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसहित बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरुले निर्वाचन मिति घोषणा गर्ने सहमति जनाएका हुन्। त्यसका लागि सरकारले आजै निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्शन गर्ने भएका छन्।

'सत्ता गठबन्धनले स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सहमत भएका छन्। मिति घोषणा गर्न आजै निर्वाचन आयोगका आयुक्तहरुसँग सरकारले परामर्शन गर्नेछन्,' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले नागरिकन्युजलाई बताए।

उनका अनुसार बैठकमा मधेसी मोर्चाले उठाएका मागहरुबारे गहन छलफल भएको थियो। मोर्चाको मागमा सत्ता गठबन्धनले कार्यदल बनाएर सहमति खोज्ने बताइएको छ। बैठकमा निर्वाचन एक चरणमा गर्ने कि दुई पटकमा गर्ने भन्नेबारे पनि छलफल भएको थियो।

प्रकाशित: ८ फाल्गुन २०७३ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App