झिसमिसेमै वीरगन्जमा डोजर चल्यो

आइतबार, ०८ फागुन २०७३, ११ : ०१ रितेश त्रिपाठी

वीरगन्ज- वीरगन्ज उपमहानगरपालिकाले डोजर लगाएर घण्टाघर नजिकको तरकारी बजार भत्काइदिएको छ। आज बिहान करिब ४ बजे झिसमिसेमै डोजरले प्रस्तावित बिपी उद्यानको जग्गामा बसाइएको मिना बजारका टहराहरु भत्काएको हो।

बजारभित्रका टहरा भत्काएपछि वीरगन्जका तरकारी ब्यवसायी विरोधमा उत्रिएका छन्। उनीहरुले बजार ब्यवस्थापनका लागि १२ घण्टे अल्टिमेटमसमेत दिएका छन्। साबिक मिना बजारमा रहेका ब्यवसायीहरुलाई त्यहाँ नयाँ संरचना बनाउनका लागि २०६७ पुसमा हटाइएको थियो। आफूहरुलाई उपमाहानगरपालिकाले बिस्थापित गरेको भन्दै त्यतिबेला उनीहरुले गरेको आन्दोलन टुंग्याउन २०६७ पुस ९ मा उपमाहानगरपालिका कार्यालय, जिल्ला प्रसाशन कार्यालय र 'वीरगन्ज तरकारी तथा फलफुल ब्यवसायी संघ' तथा 'माछामासु ब्यवसायी संघ'बीच सहमति भएको थियो। सोही सहमतिअनुसार बिपी उद्यानको जग्गामा बसाइएको मिना बजार उपमाहानगरपालिकाले भत्काइदिएको हो।

पुरानो मिना बजारमा नयाँ कम्प्लेक्स बनेपछि त्यसलाई उपमाहानगरपालिले ठेक्कामा लगाएको छ। ठेकेदारले महँगोमा ठेक्का लिएकाले भाडा पनि बढी नै छ। तरकारी ब्यवसायी पुरानो ठाउँमा बनेको नयाँ कम्प्लेक्समा सरेनन्। ठेकेदारको ब्यक्तगित लाभको लागि आफूहरुको बजार भत्काइदिएको वीरगन्ज तरकारी तथा फलफुल ब्यवसायी संघका माहासचिव संजय बर्णवालले आरोप लगाए।

उनका अनुसार पाँच सय ठूला र पाँच सयभन्दा बढी साना पसलहरु सञ्चालन हुदै आएको मीना बजारमा २ हजार बढीले रोजगारी पाएका थिए। उनीहरुको जीविकोपार्जन मासिएको बर्णवालको भनाइ छ। 'हामीले ब्यवस्थापनका लागि स्थानीय प्रसाशनलाई १२ घण्टाको अल्टिमेटम दिएका छौं, त्यसभित्र सुनुवाई भएन भने वीरगन्ज बजार ठप्प पार्छौं,' संघका अध्यक्ष बिदुर गुप्ताले भने।






यसमा तपाईको मत

अन्य समाचार

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। ...

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको...

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। ...

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

Ncell Footer Ad