coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अतिक्रमित वनकाे जमीन खाली गराइयो

भीमदत्तनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित नवदुर्गा सामुदायिक वनको अतिक्रमित २५ हेक्रट जग्गा आज खाली गराइएको छ ।

केही समयदेखि सो वन अतिक्रमण गरी बस्दै आएका १०५ परिवारलाई त्यहाँबाट हटाएको सहायक वन अधिकृत बीरबहादुर ठगुन्नाले जानकारी दिनुभयो । स्थानीय प्रसाशन, प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक वनका पदाधिकारी र वन रक्षकको सहयोगमा उक्त जग्गा खाली गरिएको हो ।

नजिकै रहेको भेटघाट शिविरबाट उनीहरु सामुदायिक वन अतिक्रमण गर्न गएका थिए । रासस

 

 

प्रकाशित: ७ फाल्गुन २०७३ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App