७ वैशाख २०८१ शुक्रबार
समाज

प्रतिबन्धित लागु औषधसहित एक पक्राउ

रौतहट– सशस्त्र प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट प्रतिबन्धित लागू औषध नाइट्रोभेट करिब ६ सय टयाब्लेट शरीरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा गरुडा नगरपालिका–१ का २० वर्र्षीय राजकिशोर साहलाई सशस्त्र प्रहरी विओपी गौर भन्सारको टोलीले पक्राउ गरेको हो।

सीमावर्ती भारतीय बजारबाट नेपाली युवाहरुले प्रतिबन्धित लागुऔषधको कारोबार गरेर नेपाली बजारमा सहजै तरिकाले चोरी तस्करी भइरहेको विषेश सूचनाको आधारमा भारतीय बजारबाट फक्र्रिने युवाहरुलाई सीमामा तैनाथ सशस्त्र प्रहरीले निगरानीसमेत बढाएको थियो।

शनिबार दिउँसो भारतको बैरगनिया बजारबाट लागू औषध टयाब्लेट लुकाएर नेपाली भन्सार पार गर्ने क्रममा सशस्त्र प्रहरीको गस्तिटोलीले साहलाई नियनत्रणमा लिएर चेकजाँच गर्दा उनको खल्तीबाट ठूलो परिमाणको नाइट्रोभेट ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरी विओपी गौरका सशस्त्र प्रहरी निरीक्षक अमर लामाले  बताए।

नाइट्रोभेटसहित पक्राउ परेका युवकको साथवाट मोबाइल एक थान, सीमाकार्ड दुई थान, नगद सात हजारलगायतका समान बरामद भएकोले नीजलाई आवशयक कार्यबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक लामाले बताए।

 

प्रकाशित: ७ फाल्गुन २०७३ ११:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App