८ वैशाख २०८१ शनिबार
अन्य

सापटी बौद्धिकताबाट टाढा

पाकिस्तानले धेरै अन्तर्राष्ट्रिय स्तरका अंग्रेजीमा लेख्ने लेखक जन्माएको छ। बुकर पुरस्कारका लागि मनोनयनमा परेका दुई लेखक मोहसिन हमिद (२००७ मा सर्ट लिस्ट भएका) र मोहम्मद हनिफ (२००८ मा लङ लिस्टमा परेका) पाकिस्तानी हुन्। अक्सफोर्ड युनिभर्सिटी प्रेस पाकिस्तानबाहेक अन्य कुनै नाम चलेका प्रेसको अभावमा पनि पाकिस्तानमा अंग्रेजी भाषाको प्रकाशनको अवस्था याद गर्न सकिने खालको छ। यसमा टनेल भिजन, सर्भाइभल टिप्स फर लुनेटिक्स र ड्याडिज बोय गरी तीन वटा उपन्यास लेखेकी सन्दना मिन्हासले मोन्ग्रेल बुक्स सुरु गरेकी छन्। पाकिस्तानमा प्रकाशनको अवस्था, मोन्ग्रेलको दृष्टि र म्यान्डेट तथा आगामी योजनाबारेमा उनीसँग गरिएको कुराकानीको अनुदित तथा सम्पादित अंशः 

हामी जुनसुकै ठाउँका लेखकहरूका लागि पनि खुला छौँ। हामी काम हेर्छौं, राष्ट्रियता होइन। यो कुरा नयाँ र स्थापित लेखकका हकमा पनि लागु हुन्छ। हामीले यो पहिलो वर्षमा चारवटा पुस्तक प्रकाशन गर्ने योजना बनाएका छौँ। हाम्रो टोलीमा म, इमरान युसुफ र दुईजना पाकिस्तानी महिला हुनु हुन्छ। एकजना हाम्रो सामाजिक सञ्जालको निर्देशक हुनु हुन्छ भने अर्को एकजना ग्राफिक डिजाइनर र इलस्ट्रेटर हुनु हुन्छ।

तपाईंले मोन्ग्रेल बुक्स सुरु गर्ने निर्णय कसरी गर्नुभयो र अहिलेसम्मको यात्रा कस्तो भएको छ?

केही वर्षका लागि मेरा श्रीमान् इमरान र मैले हाम्रा लागि सधैँ सोच्ने गरेको जीवन बनाउन सुरु गरेको छौँ। यो काम पुस्तकहरूको साथमा, पुस्तककै सेवामा थालिएको हो। हालै हामीले कराँचीको बुकसेल्फहरूमा हामीले पढ्न चाहेको पुस्तक पढ्न संघर्ष गरेका छौँ। त्यसैले हामीले अर्को एउटा तार्किक कदम चालेर प्रकाशन गर्ने निर्णय गरेका हौँ। यो यात्रा भर्खर सुरु भएको छ। मलाई आशा छ, तपाईंले एक वर्षमा मलाई फेरि यही प्रश्न सोध्नु हुनेछ र म जवाफ दिन सक्नेछु।

तपाईंलाई किन पाकिस्तानमा अंग्रेजी भाषाको प्रकाशनको विकास नभएजस्तो लाग्छ? के यो समर्पित पाठकको कमी हो वा संरचना अथवा सुरक्षा जोखिमका कारण हो?

समर्पित पाठक र संरचनाको कमी अवकाशप्राप्त कर्मचारी, जमिनदार, राजनीतिज्ञ, समाजशास्त्री र अन्य विभिन्न मानिसका लागि समाचार हुनेछ, जसको अंग्रेजी भाषाको प्रस्ताव पाकिस्तानमै प्रकाशित हुनुपर्छ भन्नेछ। दुई मिनेटअघि देशकै सबैभन्दा धेरै हेरिने राजनीतिक 'टक सो' का प्रस्तोताले मलाई आजको रातिको सोको तीनैजना अतिथि प्रकाशित लेखक भएको सुनाउँदै थिए। उनीहरूले कानुन, दन्तचिकित्सा र अनर किलिङका बारेमा पुस्तक लेखेका छन्।

ती सबै राम्रा पुस्तकहरू हुन सक्छन्। मैले भन्न खोजेको कुरा के हो भने, पाकिस्तानमा परम्परागत प्रकाशन लोभ, नातावाद, भ्रष्टाचारलगायतका कुराले घेरिएको छ। यी संकेतात्मक कुराहरू हुन्। गेटकिपरहरूदेखि देखिने कुरासम्म आफ्नो सान्दर्भिकता भन्दा अन्य कुरामा दिगो हुनका लागि हेरेका छैनन्। केही भयो र उनीहरू त्यसमा संलग्न छैनन् भने तिनले तपाईंलाई त्यसको बारेमा केही भन्ने छैनन्। दिइएको अवसर पनि तिनले भत्काउँछन्।

यो राज्यले आर्थिक सहयोग गरेको सांस्कृतिक निकायदेखि निजी इन्टरप्राइजहरू अनि मिडिया सबैका लागि यो लागु हुन्छ। अंग्रेजी भाषाको आख्यान प्रकाशित नहुनुको कारण सुरक्षा चुनौती वा सेन्सरसिपले गर्दा हुन सक्छ, तर यो सेल्फसेन्सरसिप पनि हुन सक्छ। यसमा धेरै फाइदा छैन र मजस्ता मौलिक पाकिस्तानी लेखकहरूले उनीहरूको सामाजिक लगावमा यो थप्दैनन्। तर, अंग्रेजी भाषाको आख्यान प्रकाशनमा केही सरगर्मी हुन सक्छ। लाहोरका एक जना वितरकले केही वर्षअगाडि एउटा इमप्रिन्ट सेट अप गरेका थिए। कराँचीका एकजना ठूला वितरकले विस्तारै पुस्तक प्रदर्शनी वा महोत्सवमा यो आख्यानको इमप्रिन्ट कति विक्री हुन्छ भनेर परीक्षण गर्दैछन्। केही तन्नेरी लेखकले मिलेर अनलाइन र प्रिन्टमा प्रकाशन सुरु गरेका छन्। एउटा पुरानो तर सानो प्रेसले हालै अंग्र्रेजी भाषामा छोटाछोटा कथाहरूको पुस्तक प्रकाशन गरेको छ। बाइ दि चेयरम्यान अफ दि सिनेट।

लगभग सबै पाकिस्तानी लेखक आफ्ना पुस्तक भारतीय प्रकाशकबाट छपाउन चाहन्छन्। यो अभ्यासलाई उल्टाउन मोन्ग्रेलको के योजना छ? के तपाईंहरूले अहिलेसम्म ठूला प्रकाशकबाट कुनै लेखकलाई तानेर आफूतिर ल्याउन सक्नुभएको छ?

हामीसँग ट्रेन्ड सेट गर्ने, उफ्रिने, उल्टाउनेजस्ता आकांक्षा छैनन्। पाकिस्तानी लेखकहरूले चाहेको जस्तो धेरैभन्दा धेरै प्रकाशक भेटाउने क्रमले निरन्तरता पाउनुपर्छ, सबै लेखकले पनि यो अवसर पाउनुपर्छ। हामीले सम्भव भएसम्म धेरै पाठकसम्म पुग्न र हाम्रा लेखकहरूलाई पुर्‍याउन यो क्षेत्रका अन्य प्रेससँग सहसंस्करणको प्रकाशन गर्न सक्छौँ। एक दिन पक्कै पनि हामीले हाम्रो बिजुलीको बिल तिर्न सक्ने आम्दानी हुनेछ, हैन र?

हामीले ठूला प्रकाशकहरूबाट लेखकलाई तान्न(सिकार गर्न) सक्यौँ कि सकेनौँ भन्ने प्रश्नका सन्दर्भमा कुरा गर्दा मेरो विचारमा यसले प्रकाशन व्यवसायलाई रगतको खेलजस्तो देखाउँछ। यो जंगलमा खागको लागि लेखकहरूको सिकार गरेजस्तो हैन। यो अर्को पक्षबाट एकदम सौम्य देखिन्छ, लेखको पक्षबाट। यो वास्तवमा व्यापारिक पक्ष होइन।

तपाईंले मोन्ग्रेललाई ब्रेकअपको विषयका छोटा कथा र कविताको संकलनमार्फत् सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ। पाकिस्तानको बारेमा त मलाई थाहा छैन, तर भारतमा यस्ता संकलनहरूका सीमित पाठकमात्रै छन्। तपाईंहरूले यो ढाँचा छान्नुका पछाडि कुनै कारण छ?

हामीले प्रकाशनको प्रतीक्षामा रहेका लेखकहरूलाई हाम्रो डुंगा कस्तोखालको काममा तैरिन्छ भन्ने जानकारी दिन र बाँकी संसारलाई हाम्रो प्रकाशन व्यवसायको सामान्य शैलीबारे थाहा दिनका लागि राम्रो 'कलिङकार्ड' हुने ठानेर यसो गरेका हौँ।

मोन्ग्रेलले सामाजिक सञ्जालहरूमा यो संकलनको किन्डल संस्करणलाई आक्रामक रूपमा प्रवर्द्धन गरिरहेको छ। हाम्रो देशमा ईबुकको बजार कस्तो छ?

अस्तित्वमा छैन। तर, यो बाँकी संसारका लागि राम्रो ‰याल हो। यो पहिलो संकलनमा नौवटा फरकफरक देशका लेखकहरू छन्। दि मोन्ग्रेल बुक अफ भोइसेज एउटा सिरिज हुनेछ। स्वतन्त्र प्रेसहरू र यो जस्तो संग्रहका लागि ईबुक प्रतिबन्धात्मक सिपिङ खर्चका लागि राम्रो उपाय हो। टाढाटाढा रहेका पाठकका हातसम्म भौतिक पुस्तक पुर्‍याउने उत्तम उपाय नहुँदासम्म ईबुक नै विकल्प मानेका हौँ।

मोन्ग्रेल पाकिस्तानी लेखकका काममात्र प्रकाशन गर्नमा केन्द्रित हुन्छ कि संसारका जुनसुकै मुलुकका लेखकका लागि पनि यो खुला हुन्छ? अनि तपाईंहरू नयाँ र जुर्मुराउँदा लेखकमा केन्द्रित हुनु हुन्छ वा स्थापित लेखकहरूमै?

हामी जुनसुकै ठाउँका लेखकहरूका लागि पनि खुला छौँ। हामी काम हेर्छौं, राष्ट्रियता होइन। यो कुरा नयाँ र स्थापित लेखकका हकमा पनि लागु हुन्छ।

मेरा एकजना पाकिस्तानी लेखकले उनलाई यो उपमहादेशका एक विवादित लेखकको हरेक सन्दर्भ हटाउन भनेपछि पाकिस्तानी प्रेसबाट उनको पुस्तक फिर्ता लिए। मोन्ग्रेलले अभिव्यक्ति स्वतन्त्रताजस्ता संवेदनशील विषयलाई कसरी सम्बोधन गर्छ?

एकदमै होसियारीपूर्वक सम्बोधन गर्नेछ। टि्वटरको युद्धमा होमिन प्रतीक्षामा रहेको एउटा प्रश्नमा सामेल हुन हामीले अस्वीकार गरेको कुरा हेर्नुहोस्।

एक वर्षमा कतिवटा पुस्तक प्रकाशन गर्ने लक्ष्य छ? तपाईंहरूको टोलीको आकार कत्रो छ?

हामीले यो पहिलो वर्षमा चारवटा पुस्तक प्रकाशन गर्ने योजना बनाएका छौँ। हाम्रो टोलीमा म, इमरान युसुफ र दुईजना पाकिस्तानी महिला हुनु हुन्छ। एकजना हाम्रो सामाजिक सञ्जालको निर्देशक हुनु हुन्छ भने अर्को एकजना ग्राफिक डिजाइनर र इलस्ट्रेटर हुनु हुन्छ।

एकजना चर्चित उपन्यासकारको रूपमा तपाईंले टेबलमा पठन, सम्पादन र समभावलाई ल्याउनुभएको छ। व्यापरिक पक्षबाट हेर्दा यो कत्तिको गाह्रो छ?

तपाईंले त्यसो भनिदिनुभएकोमा धन्यवाद। मैले एक्लै गरेको भए जति गाह्रो हुन्थ्यो, त्यति गाह्रो छैन।

तपाईंका तीनवटा पुस्तक ह्याचेट एन्ड हार्परकोलिन्स इन्डियाजस्ता बहुराष्ट्रिय प्रकाशकहरूबाट आएको छ। के तपाईं आफ्ना आगामी सिर्जना आफ्नै प्रेसबाटै प्रकाशन गर्न चाहनु हुन्छ?

के आफ्नो कामको बारेमा कोही वस्तुनिष्ठ हुन सक्छ? ह्याचेट एन्ड हार्परकोलिन्स इन्डियाका पछिल्ला दुई जना सम्पादकले मेरो कामलाई राम्रो बनाएका छन्। म यो सापटी लिइएको बौद्धिकताबाट आफूलाई टाढा राख्न तयार छु कि छैन भन्ने कुरामा म अझै पनि निश्चित हुन सकिरहेको छैन। म के भन्न सक्छु भने, म मेरो देशमा पुस्तकको बजारीकरण र उपलब्धताको ठूलो नियन्त्रण चाहन्छु।

हामीले अबका केही वर्षमा मोन्ग्रेलबाट के अपेक्षा राख्न सक्छौँ?

राम्रा पुस्तकहरू।

स्क्रोलडटइनबाट अनुवाद :  शिक्षा रिसाल

प्रकाशित: ७ फाल्गुन २०७३ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App