नष्ट पुस्तक

शनिबार, ०७ फागुन २०७३, १२ : ३२ नागरिक

लीला लुइँटेल

अन्ततः नेपाली बृहत् शब्दकोशको नवौ“ संस्करण (२०७२) खारेज भयो। नेपाली भाषाका आमप्रयोक्ताको असन्तुष्टि र विरोधलाई थेग्न नसकेर नेपाल प्रज्ञा–प्रतिष्ठानले २०७३ मंसिर १ मा नेपाली बृहत् शब्दकोश खारेज गरेको जानकारी सार्वजनिक गर्‍यो। नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘खारेजी’ शब्दको प्रयोग नगरे पनि ‘दसौँ संस्करण प्रकाशित भएपछि कुनै पनि ग्राहकले प्रज्ञा–प्रतिष्ठानका अधिकृत बिक्रेताबाट खरिद गरेको बिलसहित नवौ“ संस्करण साट्न चाहेमा मूल्य समायोजन गरी दसौ“ संस्करण सट्टामा उपलब्ध गराउने’ भन्ने उल्लेख गरेको हुनाले यो स्वतः खारेज भएको भन्ने स्पष्ट हुन्छ। यति हु“दाहु“दै पनि यस कोशको नवौ“ संस्करणमा काम गरेका व्यक्तिहरूले यो खारेज गरिएको होइन भनेर बारम्बार वक्तव्य दिइरहनुमको अब कुनै औचित्य छैन।

एकपटक प्रकाशित भइसकेको कृति नष्ट गर्ने कामबाहेक नेपाली साहित्यमा प्रकाशन नभएका पाण्डुलिपि जलाउने काम वरिष्ठ साहित्यकार पारिजातबाट पनि भएको थियो। २०२२ सालमा प्रकाशित शिरीषको फूल प्रकाशन हुनुपूर्व नै यिनका संघर्ष, वर–पीपल, मानव अन्तर्यामी र शारदा गरी चारवटा उपन्यास लेखिएका र चित्त नबुझेर ती सबै जलाइएका थिए भनी पारिजात स्वयंले बेलाबखत भन्ने गरेकी थिइन्।

यसरी एकपटक प्रकाशन भइसकेको पुस्तक खारेज वा नष्ट गरिएको घटना नेपाली भाषा–साहित्यको इतिहासमा यो पहिलो भने होइन। यसअघि पनि केही पुस्तक खारेजीमा परेका वा नष्ट गर्ने प्रयास गरिएका घटना पनि नेपाली साहित्यको इतिहासमा भएका छन्। नेपाली बृहत् शब्दकोश (२०७२) सार्वजनिक रूपमा विरोध भएर खारेज गरिएको हो भने यसअघि खारेज वा नष्ट गरिएका पुस्तक लेखक स्वयंको असन्तुष्टि एवं आवेगका कारण नष्ट गरिएको जानकारी पाइन्छ। नेपालीमा नष्ट वा खारेज गरिएका तथा प्रकाशनपश्चात् बजारमा नपठाइएका पुस्तकहरूबारे चर्चा गर्नु यस लेखको अभीष्ट रहेको छ।

नेपाली भूमिमा बसेर महिलाद्वारा लेखिएको पहिलो नेपाली उपन्यास पवनकुमारी देवीको 'प्रतिज्ञा' २०१७ सालमा प्रकाशित भनेर साहित्यको इतिहासमा लेखिएको पाइए पनि यस उपन्यासमा कतै पनि प्रकाशित मिति भेटिँदैन। प्रकाशन मिति, प्रकाशन स्थान, प्रकाशक आदि केहीको पनि उल्लेख नगरी बेवारिसे अवस्थामा छापिएको प्रतिज्ञा उपन्यास सानो आकारको ७२ पृष्ठमा संरचित छ। यसमा उपन्यासकारको भूमिकाको रूपमा पात्रहरूको परिचय समावेश गरिएको छ। युवासुलभ भावुकता, स्वच्छन्द प्रेम र मिलनलाई विषयवस्तु बनाएर लेखिएको यो उपन्यास वस्तुसंगठन, कथानकको विस्तार, भाषिकविन्यास तथा अभिव्यक्ति कौशलका दृष्टिले अत्यन्त कमजोर देखिन्छ। हिन्दीमिश्रित छ्यासमिसे भाषा, वर्णनात्मक संवादात्मक शैलीको प्रयोग पाइने यस उपन्यासका ठाउ“ठाउ“मा भजन र संस्कृतका उक्तिहरूको पनि प्रयोग गरिएको छ।

अध्ययन र खोजकै सिलसिलामा केही समयपछि पवनकुमारी देवीद्वारा लिखित प्रतिज्ञा (२०१७) उपन्यास फेला पर्‍यो। प्रतिज्ञा नामबाटै पहिले बेवारिस अवस्थामा प्रकाशित पुस्तकको तुलनामा २०१७ सालमा प्रकाशित प्रस्तुत उपन्यास परिच्छेद संगठन, कथानकको विकास र विस्तार, भाषिकविन्यास आदि पक्षमा परिमार्जन र परिष्कार गरी पहिलेको तुलनामा विस्तृत र आकर्षक बनाइएको छ। प्रतिज्ञा (उपन्यासको दोस्रो छपाइ फेला परेपछि उपन्यासकार पवनकुमारी देवी र यस उपन्यासबारे सम्बन्धित समालोचक, इतिहासकार, अन्वेषक आदि विभिन्न व्यक्तिस“ग सोधपुछ गर्दा केही पनि पत्ता लाग्न सकेन। लामो समयको प्रयासपछि पवनकुमारीका छोरा डा. ज्ञानेन्द्र श्रेष्ठस“ग सम्पर्क भयो। त्यसपछि उनीबाट यस उपन्यास र पवनकुमारीबारे जानकारी प्राप्त भएको हो।

महिला लेखनका दृष्टिले नेपाली साहित्यको इतिहासमै पहिलो हुन पुगेको पवनकुमारीको उक्त उपन्यास प्रुफ संशोधनसमेत नभई छापिएको हुनाले अत्यधिक गल्तीहरूका कारण पाठकसामु नपुर्‍याउने निर्णय उपन्यासकार र उनको परिवारले गरेको रहेछ। २०१७ सालमा छापिएको यस उपन्यासमा मेरो गन्थन शीर्षकमा उल्लेख गरिएको उपन्यासकारको भनाइ यस्तो रहेको छ :

‘यो पुस्तक मैले १३–१४ वर्षअगाडि नै लेखी तयार पारेकी थिए“, तापनि त्यसबेला यसलाई छपाइ नेपाली साहित्य–जगत्मा फिँजाउने प्रेरणा नपाउ“दा त्यसै थन्किरहेको थियो। छपाउने अवसर आएन। मनमा रहेको लालसा मनैमा रह्यो। तर... विस्तारै–विस्तारै नेपाली साहित्यरूपी बगैँचामा नया“–नया“ फूलहरू पलाएको र त्यस फूलहरूको बास्नाले नेपाली–जगत् सुवासित भएको देखेर र त्यसको बास्नाले मलाई पनि लोभ्याएर कुत्कुत्याएको हुनाले आफ्नो यो प्रयासलाई त्यसै मिल्काइ नराखेर नेपाली साहित्यरूपी बगैँचामा एउटा फूल रोप्ने प्रेरणा मिल्यो। उत्साहको सञ्चार बढ्दै गयो र छपाउने लोभ थाम्न सकिनँ। छपाइ पनि हालेँ। तर, छापिइसकेपछि पुस्तकको रूपमाथि आफै विरक्त भए“। पुस्तकमा भएका त्रुटिहरूको भरमार र मुद्रण–दोषले त्यो पुस्तक नेपाली साहित्य–जगत्मा उपहासास्पद ठहरिने आशंका हुन जा“दा त्यस संस्करणलाई छाप्दा लागेको खर्च नोक्सान सहेर पनि प्रचारित नगर्ने निश्चय गर्नुपर्‍यो।...’

पवनकुमारीका पति जुलुमबहादुर श्रेष्ठ औषधोपचारमा संलग्न व्यक्ति भएका हुनाले पहिलो पटक छापिएको प्रतिज्ञा उपन्यासको हजार प्रतिका सम्पूर्ण पाना च्यातेर औषधिको पुरिया बनाउने काममा प्रयोग गरिएको जानकारी उनका छोरा ज्ञानेन्द्रबाट प्राप्त भएको हो। त्यसबेला सबै पुस्तक नष्ट गरिएको भनिए पनि एक प्रतिचाहि“ हेर्ने र पढ्ने मौका यस पंक्तिकारलाई मिलेको हो। यसरी आफ्नो दुःख त्यसै खेर गएको देखेर यसलाई पुनः प्रकाशन गर्ने विचार उपन्यासकारको भएछ। उदय मासिकका तत्कालीन सम्पादक/प्रकाशक काशीबहादुर श्रेष्ठको सहयोगबाट परिष्कार–परिमार्जन गरी २०१७ आश्विनमा यस उपन्यासलाई पुनः प्रकाशन गरियो। उपन्यासकार स्वयंले ‘पुनःमुद्रण’ भनेर आफ्नो भूमिकामै उल्लेख गरे पनि आश्विन २०१७ अर्थात् सितम्बर १९६० मा ‘पहिलो पटक’ भनी यो छापिएर बाहिर आएको देखिन्छ। यसको मूल्यचाहि“ रु. १ रहेको छ भने प्रकाशकको स्थानमा ‘श्रीमती पवनकुमारी देवीका निम्ति नेपाली साहित्य मण्डल २५।९७, चौखम्बा, वाराणसी — १ (उ. प्र.)’ भनी उल्लेख गरिएको छ। यसरी २००७ सालको हाराहारीतिर लेखिएर छापिएको पुस्तक नष्ट गर्ने साहसी साहित्यकार पवनकुमारी देवीको मृत्यु २०४७ साल असार छ गते ललितपुरमा भएको हो। उपन्यासबाहेक यिनको श्री बिन्दु भजनमाला (२०४६) शीर्षक भजनसंग्रह प्रकाशित भएको पाइन्छ।

प्रेमराजेश्वरी थापा शारदा पत्रिकामा अत्यन्त सक्रिय रूपमा देखा पर्ने कवि हुन्। शारदामा प्रेमराजेश्वरी थापाका नामबाट १० र कुमारी ड.श. थापाका नामबाट ११ गरी यिनका २१ वटा कविता प्रकाशित छन्। १९९७ देखि २००१ सालसम्म लेखिएका कविताहरू समेटेर २०३१ सालमा यिनको 'अनुभूति' नामक कवितासंग्रह प्रकाशित भएको जानकारी पाइन्छ। २०३१ भदौ ११ को मिति उल्लेख गरी तारानाथ शर्माद्वारा भूमिका लेखिएको यो पुस्तक छापिए पनि नेपाली पाठकसामु पुर्‍याइएन। छपाइगत अशुद्धिको बहुलताका कारण उक्त पुस्तक बाहिर नल्याइएको जानकारी शिव रेग्मीबाट प्राप्त भएको हो। प्रेमराजेश्वरीको मृत्यु भएको पा“च वर्षपछि यिनका भदा अमृतशमशेर थापाको सक्रियतामा तिम्रो याद वर्षा (२०६३) शीर्षक कवितासंग्रह प्रकाशित भएको छ।

मेघालयको सिलाङ निवासी विक्रमवीर थापाले आफ्नो पहिलो कृति विगतको परिवेशभित्र (सन् १९८३) उपन्यास छापिएको एक वर्षसम्म पनि बिक्री नभएकाले आवेशमा आएर ५०० प्रति पुस्तकको थुप्रोमा आगो लगाएर ब्यारेकतिर हि“डेका थिए। धन्न त्यतिबेला उपन्यासका सबै प्रति परेनछन्। अहिले त्यही उपन्यासले गुवाहाटी विश्वविद्यालयको नेपाली एम.ए. को पाठ्यक्रममा रहने सौभाग्य प्राप्त गरेको छ। रिसको झो“कमा आफूले माया मारेर आगो लगाएको पुस्तक विश्वविद्यालयको पाठ्यक्रममा परेपछि ‘धैर्य गर्नुपर्ने रहेछ, हरेक कुराको समय आउ“दो रहेछ’ भन्ने निष्कर्षमा पुगेको कुरा लेखक स्वयंले नै यस पंक्तिकारलाई प्रत्यक्ष भेटमा बताएका थिए। यसरी आवेशमा आएर आफ्ना पुस्तकमा आगो लगाउने यी साहित्यकारका यस उपन्यासका अतिरिक्त टिस्टादेखि सतलजसम्म तथा माटो बोल्दो हो शीर्षक उपन्यास प्रकाशित छन्। बीसौ“ शताब्दीकी मोनालिसा शीर्षक कथासंग्रहका लागि साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थापाको 'हत्या रातो डायरीको' तथा 'मणिसिंह गुरुङको जीवनी'जस्ता कृति पनि प्रकाशित छन्।

एकपटक प्रकाशित भइसकेको कृति नष्ट गर्ने कामबाहेक नेपाली साहित्यमा प्रकाशन नभएका पाण्डुलिपि जलाउने काम वरिष्ठ साहित्यकार पारिजातबाट पनि भएको थियो। २०२२ सालमा प्रकाशित शिरीषको फूल प्रकाशन हुनुपूर्व नै यिनका संघर्ष, वर–पीपल, मानव अन्तर्यामी र शारदा गरी चारवटा उपन्यास लेखिएका र चित्त नबुझेर ती सबै जलाइएका थिए भनी पारिजात स्वयंले बेलाबखत भन्ने गरेकी थिइन्। यसरी चारवटा उपन्यास जलाइसकेपछि प्रकाशित पारिजातको उपन्यास शिरीषको फूल नेपाली उपन्यासको इतिहासमै उल्लेखनीय कृतिका रूपमा रहेको छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad