८ वैशाख २०८१ शनिबार
खेल

डबल्समा भारतीयलाई सफलता

काठमाडौं- भारतीय जोडीले नेपाल आइटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को महिला पुरुष डबल्स उपाधि जितेको छ। शुक्रबार भारतका आदित्य ऐयर र पीयूष सुरेन्द्र सलेकरले आफ्नै देशका गुञ्जन जाधव र अथर्व शर्माको जोडीलाई ७–६(१३), ७–५ ले पराजित गरे। जाधव र अथर्वले यसै साता काठमाडौंमा भएको आइटीएफ जुनियर सर्किट–१ टेनिसमा पुरुष डबल्सको उपाधि जितेका थिए।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको खेलमा महिला डबल्सको ट्रफी भारतकी वैदेही चौधरी र शिवानीस्वरूप इङको जोडीले जित्यो।

वैदेही र शिवानीले चिनियाँ जोडी युजिआओ छे र जिङयी वाङलाई ६–३, ६–३ ले हराउँदै उपाधि हात पारे। विजेता खेलाडीलाई आयोजक अखिल नेपाल लनटेनिस संघका अध्यक्ष ज्योति राणालगायतले पुरस्कृत गरे।

वैदेही महिला सिंगल्सको पनि उपाधिनजिक पुगेकी छिन्। सर्किट– १ की विजेता वैदेहीले चीनकी मिङक्यु याङलाई ६–४, ४–६, ६–१ ले हराउँदै फाइनलमा पुगिन्। फाइनलमा उनले महिला डबल्सकी आफ्नै सहकर्मी शिवानीसँग प्रतिस्पर्धा गर्नेछिन्।

अर्को सेमिफाइनलमा शिवानीले चीनकी युजिआओ छेलाई ६–३,  ६–३ को सेटमा हराइन्। यसै गरी पुरुष सिंगल्सको फाइनलमा भारतका मृत्युञ्जय बदोला र चीनका पेनग्यु लुले प्रतिस्पर्धा गर्ने भएका छन्। मृत्युञ्जय पुरुष सिंगल्समा सर्किट– १ विजेता हुन्। मृत्युञ्जयले भारतककै तीर्थ शशांक मार्चेलालाई ५–७, ६–२,  ६–४ ले हराए।

अर्को खेलमा पुनग्यु लुले भारतकै आर्यन जाभेरीलाई ७–६(५), ६–३ ले पराजित गरे।

प्रकाशित: ७ फाल्गुन २०७३ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App