coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

चौधौं धर्मश्री असोजमा

काठमाडौं- चौधौं धर्मश्री राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता असोजदोस्रो साता हुने भएको छ। शारीरिक सुगठनका अध्येता सहिद धर्मभक्त माथेमाको सम्मानमा शारीरिक सुगठन संस्था नेपाल व्यायाम मन्दिरले प्रतियोगिता आयोजना गर्दै आएको छ।

असोज १३  देखि  १४सम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

प्रत्येक खेलाडी एकपटक धर्मश्री च्याम्पियन हुन लालयित रहने शारीरिक सुगठनकै सम्मानित प्रतियोगितामा करिब ४ सय खेलाडीले भाग लिने आयोजकले जनाएको छ।

प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथि गरी७ तौल समूहमा प्रि–जजिङ चरणबाट प्रत्येक तौल समूहमा २–२ खेलाडी फाइनल चरणमा छानिने छन्। फाइनल चरणमा प्रत्येक समूहबाट पहिलो हुने खेलाडीले टाइटल स्पर्धा धर्मश्रीका लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ।

 प्रतियोगितामा दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख, चौथोले ८० हजार, पाँचौंले ७५ हजार, छैटौंले ६० हजार, साँतौले ५० हजार पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै प्रत्येक तौल समूहमा दोस्रो स्थान हुनेले २० हजार तथा तेस्रो हुनेले १५ हजार प्राप्त गर्ने छन्।

प्रकाशित: २४ असार २०७३ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App