coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको सल्लाहकार बन्न अस्विकार

वाशिङ्टन- अमेरिकी सेनाका पूर्व उपप्रमुख ब्रन होर्वाडले राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाकार बन्न अस्विकार गरेका छन्। राष्ट्रपति ट्रम्प विभिन्न कारणले विवादमा मुछिएको भन्दै ब्रनले सल्लाहकार बन्न अस्विकार गरेको बीबीसीले जनाएको छ। तर ब्रनले भने पारिवारिक कारण देखाउँदै अहिलै सल्लाहकार नबन्ने बताएका छन्।

यसअघिका सल्लाहकार २५ दिनमै राजीनामा दिएपछि ह्वाइटहाउसले ब्रनको नाम अगाडि सारेको थियो। 'उक्त जिम्मेवारीका लागि २४ घन्टै र सातै दिन काम गर्नपर्छ। जुन जिम्मेवारी सम्हाल्न असमर्थ छु,' उनले भनेका छन्।

उनले ४० वर्षपछि पारिवारि समस्या समाधानतर्फ लागेको भन्दै अहिले परिवारलाई नै समय दिने उल्लेख गरेका छ्न।

प्रकाशित: ६ फाल्गुन २०७३ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App