८ वैशाख २०८१ शनिबार
खेल

रूपन्देहीलाई उदयपुर गोल्डकप

काठमाडौं- गोलकिपर दिलीप क्षत्रीले उत्कृष्ट प्रदर्शन गरेपछि रूपन्देही–११ ले चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार रूपन्देहीले मोरङ–११ लाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउटमा रूपन्देहीका गोलकिपर दिलीप क्षेत्रीले विपक्षी खेलाडीका दुई प्रहारलाई रोके। दिलीपले पेनाल्टी सुटआउटमा गोल पनि गरेका थिए।

विजेता रूपन्देहीले २ लाख र उपविजेता मोरङले १ लाख रुपैयाँ प्राप्त गरे। फाइनल खेलको म्यान अफ दी म्याच  रूपन्देहीका पिटर सेगुनले पाएका थिए।  पिटरले ५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे।

प्रकाशित: ६ फाल्गुन २०७३ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App