८ वैशाख २०८१ शनिबार
कला

डि सिने अवार्ड हेटौंडामा

काठमाडौं- 'डि सिने अवार्ड' वितरण कार्यक्रम यसपटक हेटौंडामा गरिने भएको छ। छायाछवि क्रिएसनले काठमाडौंमा आयोजना गर्दै आएको अवार्डको आठौं संस्करण गत वर्ष पोखरामा गरिएको थियो। डिजिटल फर्म्याटलाई आधार मानेर प्रारम्भ गरिएको अवार्डका लागि स्थानीय सुशान्त श्रेष्ठको संयोजनमा आयोजक समिति गठन गरिएको छ। अवार्ड आयोजक संस्थाका अध्यक्ष शान्तिप्रिय एवं कार्यक्रम संयोजक मणिराज गौतम केही समयअघि हेटांैडा पुगेर समिति गठन गरेका थिए। समितिको सल्लाहकारमा निर्माता/वितरक एवं प्रदर्शक नरेन्› महर्जन र पत्रकार उज्ज्वल चौलागार्इं छन्। सदस्यमा कपिल खड्का, श्रीराम दाहाल, सविन न्यौपाने, गणेशदर्पण अधिकारी छन्।

हेटौंडामा अवार्ड आयोजना गरिनु हेटौंडाबासीका लागि पनि गौरवको विषय भएकाले यसको सफलता हेटौंडाको प्रतिष्ठासँग गाँसिएको सल्लाहकार महर्जनले बताए। अवार्डका संयोजक गौतमले अवार्ड नियमित शृंखला भएपनि हेटौंडामा थप स्मरणीय रूपमा सम्पन्न गरिने बताए। अवार्ड अ

अवार्ड ओम चलचित्र मन्दिर हेटौंडामा वैशाख २८ गते आयोजना गरिने भएको छ। अवार्डका लागि आयोजकले फिल्म दर्ता आह्वान गरेको छ। ०७३ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका फिल्म अवार्डका लागि योग्य हुनेछन्। छायाछविले चैत २५ सम्म फिल्म दर्ता गरिसक्न आग्रह गरेको छ।

प्रकाशित: ६ फाल्गुन २०७३ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App