coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्ववियु निर्वाचनले त्रिभुवन बहुमुखी क्याम्पसमा चहलपहल बढ्याे

त्रिभुवन बहुमुखी क्याम्पसको प्राङगणमा भलिबल खेल्दै गरेका महिला छात्राहरु। तस्बिरः मुक्तिप्रसाद न्यौपाने

पाल्पा– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिकासहित आचारसंहिता जारी गरेसँगै जिल्लामा निर्वाचनको माहोल बढेको छ। निर्वाचन माहाेलले त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थी चहलपहलले तीव्रता पाएको छ।

त्रिविले स्ववियु निर्वाचन घोषणा गरेको मितिबाटै सम्पूर्ण क्याम्पसमा प्रथम वर्षको विद्यार्थी भर्ना बन्द भएता पनि विद्यार्थीका गतिविधि भने बढेको हो। क्याम्पसमा स्ववियु निर्वाचनका कारण विद्यार्थी संघसंगठनहरुले आफ्ना विविध गतिविधि अघि बढाएको त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख जीवनबहादुर थापाले बताए। ‘पश्चिमाञ्चलकै पुरानो क्याम्पसमा अतिरिक्त क्रियाकलापहरु समेत बढिरहेका छन्। विद्यार्थीहरुले निर्वाचनलाई मध्यनजर गरेर विद्यार्थी संगठित गर्ने अभियानमा लागेका छन्, जसले विद्यार्थी चहलपहल बढाएको छ,’– क्याम्पस प्रमुख थापाले भने।

त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा विद्यार्थी सङ्गठनले नै आपसमा सहमति कायम गरी निर्वाचन जुनसुकै हालतमा पनि गर्नुपर्ने माग गरेकोले निर्वाचनको माहोल बढेको स्ववियु सभापति हरिबोल भट्टराईले बताए। उनी भन्छन्– प्रमुख विद्यार्थी सङ्गठनसँग अनौपचारिक छलफल भइरहेको छ। मिश्रित निर्वाचन प्रणालीका आधारमा स्ववियु निर्वाचन हुने सम्भावना छ।’ २०६५ सालमा स्ववियुको निर्वाचन भएको र त्यसपछि लामो समय निर्वाचन नहुँदा शैक्षिक गतिविधिमा समेत असर परेको उनले बताए।

त्रिभुवन विश्व विद्यालयले गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा लक्षित गर्दै जिल्लामा विभिन्न संगठनका विद्यार्थी नेताहरुले उमेदवारी घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघबाट  पुण्यप्रसाद सुवेदी, अनेरास्ववियुबाट जनक पराजुली र क्रान्तिकारीको तर्फबाट राजकुमार पन्थिले उमेदवारी दिने चर्चा गरिएको छ। तर विद्यार्थी संगठनले औपचारिक घोषणा भने गरेका छैनन् ।

चुनावमा २८ वर्ष मुनीका मात्रै स्वत्रन्त्र विद्यार्थी युनियनको सभापति हुन पाउने व्यवस्था आएसँगै लामो समय पार्टी राजनीति गर्ने र स्ववियूमा लड्ने मनासय बनाएका विद्यार्थी नेताहरु अहिले निरास भएका छन्। पश्चिमाञ्चलकै पुरानो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा पनि अहिले स्ववियु निर्वाचनको माहोल तातेको छ। जिल्लामा क्रियाशील विद्यार्थी संगठनहरुले क्याम्पसमा आफ्नो बाक्लो उपस्थिति देखाउन लागि परेका छन् ।

त्रिवि तालिका अनुसार फागुन १ गते त्रिभुवन क्याम्पसले निर्वाचन मतदाता सूची प्रकाशन, फागुन ३ गते दाबीविरोध र छानबिन गर्ने, ४ गते उम्मेदवारको मनोनयनपत्र वितरण, ५ गते उम्मेदवारको मनोनयन सिलबन्दी नामावली दाखिला गर्ने र प्रत्यक्षतर्फको नामावली प्रकाशन गरिने रहेता पनि अखिल क्रान्तिकारीको अवरोधका कारण तालिकामा समस्या परेको थियो । उम्मेदवारको दाबीविरोध तथा छानबिन, फागुन ८ गते नाम फिर्ता र अन्तिम नामावली प्रकाशन तालिका बाँकी रहँदा त्रिविले निर्वाचन पाँच दिन पछाडी सार्ने निर्णय गरेको छ ।

 

 

प्रकाशित: ५ फाल्गुन २०७३ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App