coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२७ एटिएम कार्डसहित दुई जना कारोबारी रौतहटबाट पक्राउ

रौतहटको धरहरी गाविसका सुनिल साह र पुरुषोत्तम साहबाट बरामद भएका एटिएम कार्ड र नगद जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रहरीले सार्वजनिक गर्दै। तस्बिरः मदन ठाकुर

रौतहट– नेपाल र भारतका विभिन्न बैंकको २७ वटा एटिएमबाट नेपाली तथा भारतीय रुपैयाँको अवैध कारोबार गर्ने दुई जनालाई रौतहट प्रहरीले ५ लाख ७७ हजार रुपैयाँसहित पक्राउ गरेको छ।

भारतको विभिन्न बैंकबाट एटिएम कार्डको प्रयोग गरी रुपैयाँ निकालेर नेपालमा महँगोमा भारतीय रुपैयाँको कारोबार गर्ने गरेको सूचनाको आधारमा रौतहट प्रहरीले धरहरी– ८ का सुनीलकुमार साह र धरहरी– ४ का पुरुषोत्तम साहलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।

केही दिनदेखि प्रहरीको निगरानीमा रहेका दुवै कारोबारीलाई सदरमुकाम गौरबाट बिहीबार २७ एटिएमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुईजनाबाट प्रहरीले ५ लाख ७७ हजार नेपाली रुपैयाँसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

पक्राउ परेकाहरुको साथबाट धेरैवटा बैंकको एटिएम कार्ड क्राउ बरामद भएपछि थनुसन्धानका लागि दुवैजनालाई राजस्व अनुसन्धान विभाग काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक अशोक झाले बताएका छन्।

पक्राउ परेका दुवैजनाका साथमा संलग्न अरु पनि रहेको विषय अनुमानका आधारमा प्रहरीले अनुसन्धान बढाएको छ।

अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गर्ने दुईजना पक्राउ परेपछि भारतीय बजारबाट एटिएममार्फत भारु निकालेर महँगोमा बेच्ने कारोबारीबीच खैलाबैला मच्चिएको छ। पक्राउ पर्ने डरले केही कारोबारीहरु फरार समेत भएको समेत बुझिएको छ।

प्रकाशित: ५ फाल्गुन २०७३ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App