coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिडिओकै कार्यकक्षबाट मोबाइल चोरी

फाइल तस्बिर

जुम्ला– जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयाक सिडिओको कार्यकक्षबाटै मोबाइल चोरी भएको छ। कार्यकक्षमा चार्जमा राखेको मोबाइल चोरी भएको हो। मोबाइल कसले उठाएको भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। स्यामसुङ ग्यालेक्सी टु मोडलको मोबाइल चोरी हुँदा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने सम्पर्कविहीन भएका छन्।

‘कार्यालय समयमै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा परामर्शको लागि गइरहेको समयमा मोबाइल चोरी भएको हो,’ उनले भने, ‘उनको ९८५८३२०३८० नम्बरको मोबाइल हराएपछि ल्याण्डलाई नम्बर नै सम्पर्क नम्बरको रुपमा रहेको छ।’

प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले मोबाइल चोरी भइरहेको सम्बन्धमा खोजविन भइरहेको जनाए। प्रहरी प्रशासनको घेराभित्रैदेखि मोबाइल चोरी हुँदा कार्यालयको शान्ति सुरक्षामा ध्यायन पुग्न नसकेको स्थानीय बताउँछन्।

सम्भावित व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिने तयारी भइरहेको छ। प्रशासन कार्यालयबाट दिन दहाडै मोबाइल चोरी हुनुले जिल्लाको सुरक्षाको अवस्थामाथि शंका उब्जिएको छ।
 
 

प्रकाशित: ५ फाल्गुन २०७३ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App