coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अपहरणकाे २४ घण्टापछि भागेर मुक्त

अपहरण मुक्त भएका झुपलाल । तस्बिरः गणेश बिक

रुकुम– यहाँका एक युवक २४ घण्टापछि अपहरण मुक्त भएका छन्। चुनवाङ–७ का ३६ वर्षीय झुपलाल ओली अपहरण मुक्त भएको बताएका हुन्। अपरिचित व्यक्तिले उनलाई कोवाङवाट माघ २२ गते (शनिबार) राती ९ बजे अपहरण गरेका थिए। उनी २३ गते (आइतबार) राति आफू अपहरणमुक्त भएको बताउँछन्।

‘सोही दिन राति म जंगलको बाटो हिँड्दै थिएँ, त्यही क्रममा मलाई बिस्कुट खुवाउन हात खोलिदिए। बिस्कुट खाई सकेपछि मलाई दिशा लाग्यो, मलाई दिशा गर्न जाँन दिए,’ अपहरण मुक्तपछि जिल्ला प्रहरी कार्यालयमा उनले आफ्नो कहानी सुनाए, ‘त्यही मौका छोपी म भागेर अपहरण मुक्त भएँ। बिस्कुट खुवाउने बेला दिशा आयो, दिशा जान्छु भनी म भागेँ। भाग्ने ठाउँ म चिन्दिन् मुनी भीर थियो। जंगल धेरै भएकाले म रुखमा लुकेर बसेँ, भीरमा ढुंगा पल्टदाँ अपहरणकारीहरु मलाई भागेको थाहा पाएर ढुंगाको पछिपछि गए। ढुंगालाई म जस्तै मानेका रहेछन् अपकरणकारीले । त्यहाँ मलाई तीन घण्टासम्म खोजे। मलाई भेटाउँन नसक्दा उनीहरु बीच विवादसमेत भयो। तीन जना थिए। कसैले मलाई म¥र्याे भन्दै थिए त कसैले तैले गर्दा भाग्यो भन्थे। उनीहरुका कुराकानी सबै मैले सुनिरहेको थिएँ। उनीहरु त्यहाँबाट गएपछि म विरालोको चालमा त्यहाँवाट भागें। रोल्पा जिल्लाको मेरुल गाविस २ काफलडाँडामा रहेको तिर्थे पुनको घरमा पुगेँ। त्यहाँ मलाई खाना खुवाइयो। खुट्टामा चप्पल थिएन्, शरीरमा पुरै ढाक्ने कपडा थिएन। ती कुरा मैले त्यहाँबाट पाएँ। तिर्थे पुन धेरै सहयोगी हुनुहुँदो रहेछ । त्यहाँवाट नै म घरपरिवारसँग सम्पर्कमा आएँ। त्यहाँका स्वास्थ्य चौकीमा सामान्य उपचार गराएँ। प्रहरीलाई खबर गरेँ। सबैको सल्लाह अनुसार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न आएँ। तर प्रहरीले जाहेरी दर्ता गर्न मानेनन्।’
 
झुपलालले गाउँकै जयवहादुर खड्काविरुद्ध जाहेरी लेखेका थिए।

‘जयबहादुरसँग मेरो दुई तीन वर्ष पहिले घरायसी झगडा थियो,’ झुपलालले फेरि बयान सुनाए, ‘त्यसको बदलामा जयबहादुरले अपहरण गरेको उनले आरोप लगाए। बाटोमा मार्ने धम्की मात्रै दिन्थे। मैले उनीहरुलाई प्रतिकार गर्दा हिर्काउँथे। केही नभनी लुरु लुरु हिँड्दा केही गर्दैनथे। त्यसैले म केही नबोली हिँडेँ। मृत्युलाई जितेर आएको छु। अब मलाई न्याय चाहिएको छ ।’

उनको घरमा श्रीमती बेहास छिन्। तीन भाई बहिना छोराछोरी अलपत्र जस्तै परेको झुपलाल बताउँछन्।
यता प्रहरीले भने उक्त जाहेरी प्रक्रिया नमिलिकन आएको बताएको छ । जनतालाई सुरक्षा दिने प्रहरीले जाहेरी दर्ता नगर्न कुरै हुँदैन। प्रक्रिया मिलाएर आए जाहेरी दर्ता हुने यहाँका प्रहरी निरीक्षक थमनबहादुर रम्जालीले जानकारी दिए।

उता जयवहादुरलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन्। उनले पनि जिल्ला प्रहरी कार्यालयमा उक्त घटनामा आफू संलग्न नभएको जाहेरी दर्ता गराएको बुझिएको छ। प्रहरीले भने उनले दर्ता गराएको जाहेरी अर्कै भएको बताएको छ। दुर्गम भएकाले उनी जाहेरी दिन जिल्ला सदरमुकाम मुसीकोट खलंगा आएपछि मात्र यो घटना बाहिर आएको हो।
‘मलाई न मा । मेरो श्रीमती, छोरा छोरीको बेहाल हुन्छ। मलाई मारेर के पाउँछौ ? भन्दा मलाई लात हान्थे,’ झुपलाले भने ।

यसरी अपहरणमा परेका थिए झुपलाल

‘शनिबार म गाउँकै वाटो खन्नवाट घर फर्कंदै थिएँ,’ कहानी सुनाउँदै उनले भने, ‘कोवाङ गाउँवाट एक सय ५० किलोमिटर जति उकालो वाँटो हिड्दै थिए । अपरचित व्यक्तिले मुख थुने। तीन जना थिए। रात परेकाले उनीहरुलाई मैले चिन्न सकिँन। उनीहरुले बेहोस पार्ने औषधी मलाई सुघाइ दिएपछि म बेहोस भएँ। कहाँ लगे, कोको थिए केहि थाहा भएन। मुखमा पट्टी बाँधिएको थियो। नचिनेको ठाउँमा दिनरात हिँडाए।’

 

 

प्रकाशित: ५ फाल्गुन २०७३ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App