६ वैशाख २०८१ बिहीबार
समाज

आर्थिक अभावले मृत्यु कुर्दै स्कुले बालिका

अस्पतालमा भर्ना भएकी लक्ष्मी र उनकी आमा। तस्बिरः गणेश विक

रुकुम– केही दिनपछि परीक्षा हुँदैछ। यतिबेला अध्ययन गर्नु पर्ने समय हो। तर पेउघा–३, चौताराकी चार वर्षीया बालिका लक्ष्मी ओली अस्पतालको शैय्यामा छटपटाइरहेकी छन्। रक्त क्यान्सर भई उनी हाल काठमाडौंको कान्तिबाल अस्पतालमा छिन्।

उनलाई आफ्नो पढाईभन्दा जीवनको माया छ।  मृत्युसँग लडिरहेकी उनी आर्थिक अवस्था कमजोर भएसँगै मृत्युबाहेक अन्य केही नभएको सोचिरहन्छिन्। भएको सबै सम्पत्ती छोरीको उपचारर्थ सकियो उनका बुवा पुर्णवहादुर ओलीले भने, ‘अब छोरी बचाउन भगवानकै भर पर्नुपर्छ।’ केही दिनअघि स्वास्थ्य मन्त्री गगन थापाले उपचार नपाएर बिरामीहरु अनाहकमै ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने बताएका थिए। यस परिवारका लागि मन्त्री थापाको बोली अहिले पनि ताजै छ। तर, व्यवहारमा नआउँदा भने खिन्न महसुस गरिरहेका छन्। बालिका तीन महिनादेखि रक्त क्यान्सरवाट पीडित छन्।

‘म सामान्य किसानको छोरा हुँ,’ पूर्णबहादुरले भने, ‘छोरीको उपचारका लागि मसँग प्रयाप्त आर्थिक स्रोत छैन।’ ‘ज्याला मजदुरी गरेर जीवीकोपार्जन गरिरहेको म काम नगर्ने हो भने साँझ बिहानकै छाक टार्न समस्या छ,’ उनले भने। उपचार खर्च नपुग्ने भएपछि उनका परिवारहरुले जिल्लामा सहयोग संकलन समेत गरि रहेका छन्। अवोध अवस्थामा मृत्यु कुरिरहेकी बालिकाको सहयोगार्थ कसैले मोटो रकम सहयोग नगर्दा आफन्तहरुको समेत मनबोल कमजोर छ।

लक्ष्मीका आँखा कत्ति पनि ओभाना छैनन्। गरिबिकै कारण सानै उमेरमा मर्ने भए भनि कोही मान्छे भट्न जाँदा डाको छोरी रुन थाल्छिन्। उनलाई सम्झाउन कसैको बल पग्दैन।

‘मलाई सम्झाइ माग्नुभन्दा उपचारको खाँचो छ,’ उनी भन्छिन्, ‘आर्थिक अवस्था निक्कै कमभएको यो परिवार अहिले मर्नु र बाच्नुको दोसाँधमा छ। छोरी वचाउन नसकिने भयो, कोही दाता भए मानवीय स्वभावले मेरी छोरी बचाइदिन प¥र्याे। अहिले मेरो घरपरिवार निकै समस्या भएको छ । म प्रति ऋण लगाउनुस्।’

हालसम्म तीन लाख भन्दा बढी खर्च भई सकेको उनका दाई किरण ओलीले जानकारी दिए। अझै दुई वर्ष सम्म अस्पतालमा राख्नु पर्ने भएकाले अझै धेरै रकमको आवश्यक पर्ने किरणले बताए। यति धेरै रकम जम्मा गर्न परिवारलाई मुस्किल पर्ने भएकाले सबैवाट सहयोगको अपेक्षा राखिएको उनको भनाई छ। हाल उनको परिवार र आफन्तहरु उपचारको सहयोगार्थ आर्थिक संकलन गरि रहेका छन्। रक्त क्यान्सर पीडित लक्ष्मी अहिले गाउँकै नीजि विद्यालयमा एलकेजीमा अध्ययन गर्छिन्।

‘बहिनी मृत्यु कुरिरहेकी छे किरणले,’ उनले भने ‘आर्थिक संकलन नउठे मृत्यु बाहेक अरु केहि छैन।’ मानवीय नाताले दुखी गरिबलाई सहयोग गर्नु पर्ने किरणले बताए।

 

प्रकाशित: ५ फाल्गुन २०७३ १०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App