६ वैशाख २०८१ बिहीबार
प्रवास

अष्ट्रेलियामा सृष्टिसँगै समुन्द्रमा डुबेका सुदीपको पनि मृत्यु

सुदीप उप्रेती

काठमाडौं— अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा डुबेर हराइरहेका सुदीप उप्रेतीको शव फेला परेको छ। मरिन प्रहरी, डाइभर्स प्रहरी तथा हेलिकोप्टरबाट उद्धारकर्मीको खोजीबाट उनको शव बिहिबार भेटिएको हो। शव सोमबार सृष्टि भण्डारीसँगै समुन्द्रमा डुबेका उप्रेतीको भएको सुरक्षाकर्मीले पुष्टि गरेका छन्।

सोमबार साँझ मारोउब्रा समुन्द्री तटबाट सृष्टि भण्डारीसँगै सुदीप समुन्द्रमा डुबेका थिए। भ्यालेन्टाइन्स डेको पूर्वसन्ध्यामा समुन्द्र तटमा गएका बेला सुदीप र सृष्टिलाई समुन्द्रले बगाएको थियो।

सोमबार साँझ मारोउब्रा समुन्द्री तटबाट सृष्टि भण्डारीसँगै सुदीप समुन्द्रमा डुबेका थिए। भ्यालेन्टाइन्स डेको पूर्वसन्ध्यामा समुन्द्र तटमा गएका बेला सुदीप र सृष्टिलाई समुन्द्रले बगाएको थियो। साँझ पख साथीहरुलाई केही समयपछि फर्किन्छौं भनेर उनीहरु समुन्द्रतर्फ गएका थिए। नफर्किएपछि साथीहरुले उनीहरुलाई समुन्द्रले बगाएको शंकामा खोजी तीब्र पारिएको थियो।

उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारमा फेला पारेका थिए। झापा घर भएका सुदीप र काठमाडौंकी सृष्टि दुवै न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन्।

प्रहरी अनुसन्धानले दुवै जनाको मृत्यु पानीमा डुबेर भएको देखिएको छ। गत वर्ष डिसेम्बरमा पनि दुई नेपाली विद्यार्थी समुन्द्रमा डुबेका थिए। डुबेर मृत्यु हुने नेपालीको संख्या अष्ट्रेलियामा बढ्दै गएको छ।

 

प्रकाशित: ५ फाल्गुन २०७३ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App