पाँच महिनाको गर्भवतीले यौनसम्पर्क गर्न मिल्छ ?

बिहिबार, ०५ फागुन २०७३, १४ : २४ नागरिक

म विवाहित महिला हुँ। गर्भवती भएको पाँच महिना भयो। श्रीमान्सँग नियमितजसो यौन सम्पर्क भइरहेको छ। यस्तो अवस्थामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

प्रायः दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्यौल हुन्छ। यस विषयमा परामर्श लिन अप्ठ्यारो मान्ने भएकाले उनीहरू वास्तविकताबाट वञ्चित हुन्छन्। अरू अवस्थामा भन्दा गर्भावस्थामा यौन सम्पर्क राख्दा केही सावधानी अपनाएमा यौन आनन्द लिन सकिन्छ।

गर्भावस्थामा प्रायः महिलालाई यौन इच्छामा कमी आउन सक्छ। केही महिलालाई भने यौन सम्पर्क राख्ने इच्छा बढेको पनि पाइएको छ। त्यतिबेला महिलाको पेट बढ्ने, वाकवाकी लाग्ने, बारम्बार पिसाब लागिरहने आदि हुनाले यौनप्रति त्यति चाहना हुँदैन। गर्भावस्थाको पहिलो तीन महिनामा यौन सम्पर्क राख्नु हुँदैन। त्यतिबेला गर्भपात हुन सक्ने खतरा हुन्छ। त्यस्तै, सात महिनापछि पनि यौन्ा सम्पर्क राख्नु हुँदैन। यतिबेला बच्चाको तौल बढ्ने र हाडहरूको विकास पनि तीव्र रूपमा भइरहेको हुन्छ।

तीन महिनादेखि सात महिनाका बीचमा बच्चालाई असर नपुर्‍याउने आसनमा मात्र सम्भोग गर्नुपर्छ। महिला माथि र पुरुष तल बसेर गर्ने आसन, महिलालाई पछाडिबाट सम्भोग गर्ने आसन गर्भवती महिलालाई लाभप्रद हुनसक्छ। यस बेला कन्डमको प्रयोग गरेर यौन सम्पर्क राख्दा भ्रूणमा इन्फेक्सन हुन दिँदैन।  योनीबाट रगत बग्ने, तल्लो पेट दुख्ने आदि भएमा यौन सम्पर्क तत्काल रोक्नुपर्छ। सरसल्लाह एवं समझदारीमा मात्र यौन सम्पर्क राख्नुपर्छ। यस बेला पुरुषले सावधानीपूर्वक यौन सम्पर्क राख्नुपर्छ। उत्तेजनामा आएर ख्याल नगरी कदापि सम्बन्ध राख्नुहुँदैन। पुरुष कुनै पनि हालतमा सभ्भोग गर्ने मनस्थितिमा प्रस्तुत भयो भने बच्चालाई चोट पुगेर गर्भ तुहिन पनि सक्छ। गर्भावस्थामा उत्तेजनामा आएर मुख मैथुन, गुदा मैथुन गर्नु राम्रो हुँदैन। सकेसम्म कम उत्तेजनामा र बढी प्रेमपूर्ण भएर यौन सम्पर्क राखेको राम्रो हुन्छ।

यदि योभन्दा पहिलेको गर्भ तुहिएको हो भने यस वर्ष चाहिँ अत्यन्त सावधानी अपनाउनुपर्छ। गर्भवती महिलाको हेरविचार गर्नुपर्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाहविना तीन महिनादेखि सात महिनाका बीचमा पनि यौन सम्पर्क राख्नु हँुदैन। यो कुरामा अत्यन्त संवेदनशील भएर ख्याल पुर्‍याउनुपर्छ। गर्भधारणपछि पनि तुरुन्तै यौन सम्पर्क राख्नु हुँदैन। अपरेसन गरेर बच्चा जन्माएको वा योनी च्यातिएर सिजरिङ गरेको हो भने चिकित्सकको परामर्शविना यौन सम्पर्क गर्नु हुँदैन।

गर्भावस्थामा यौन सम्पर्क राख्न नपाउँदा श्रीमान्–श्रीमतीबीच फाटो आउन पनि सक्छ। यतिबेला श्रीमान्को भूमिका महŒवपूर्ण हुन्छ। श्रीमान्ले श्रीमतीको नियमित सरसफाइ, स्वास्थ्य परीक्षण, सन्तुलित भोजनमा ध्यान पुर्‍याउनुपर्छ। धेरैजसो महिला प्रसवको बेला सम्झेर चिन्तित हुने गर्छन्। चिन्ताले स्वास्थ्यमा प्रतिकूल असर पार्छ। त्यसबेला उनीहरूलाई सकारात्मक विचारको आवश्यकता धेरै हुन्छ। गर्भावस्थामा आमा र बच्चाको शरीरमात्र नभएर मन, भावना पनि गाँसिएको मनोवैज्ञानिक बताउँछन्। यस्तो अवस्थामा आमाले गरेका, सोचेका कुरा बच्चाको मस्तिष्कमा स्मृतिको रूपमा रहने हुँदा सकारात्मक सोच राखेमा र काम गरेमा फाइदा पुग्छ।

-डा. सुबोधकुमार पोखरेल

 





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad