८ वैशाख २०८१ शनिबार
समाज

तीब्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ? ट्राफिकले 'राडर गन' तेर्साउला

सिन्धुली- ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै हुनुहुन्छ भने तपाईँलाई प्रहरीले राडर गन तेर्स्याउन सक्छ।

तीब्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ। प्रहरीले घरको छत तथा साइडबाट राडर गनको माध्यमले सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउन थालेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले तीब्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ। प्रहरीले घरको छत तथा साइडबाट राडर गनको माध्यमले सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउन थालेको छ।

जिल्ला ट्राफिक प्रहरीका प्रमुख सई चन्द्रकुमार फाजु श्रेष्ठ परैबाट गुडेको सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउँदै थिए। सवारी गुडेको साइडमा गन तेर्स्याएपछि सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउन सकिने भएपछि धमाधम सवारी कारबाहीमा पर्न थालेका छन्।

सडकमा प्रतिघण्टा २० किलोमिटर मात्र गुड्न सकिने सडकमा सवारीले प्रतिघण्टा चालिस किमीसम्म गुडाउन थालेपछि राडर गन प्रयोग गरिएको ट्राफिक सई श्रेष्ठले जानकारी दिए।

पछिल्लो समय बिपी राजमार्गमा सवारीको चाप ह्वात्तै बढेसँगै विभिन्न बहानामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीको संख्या बढेपछि प्रहरीले कडा कदम चालेको हो। साँघुरो र अत्याधिक घुम्ती भएको सडक भएकाले सडक दुर्घट्ना कम गर्न ट्राफिक प्रहरीले टाइम कार्ड लागू गरेको थियो। तर सवारीले टाइमकार्डको दुरुपयोग गरेपछि राडर गनको प्रयोग थालेको हो।

ट्राफिक नियम उल्लंघन गर्दा दैनिक सवारीले जरिवाना तिर्दा ट्राफिक प्रहरीले मोटो रकम राजस्वसमेत उठाएको छ। प्रहरीले सडकमा दिइएको संख्याभन्दा बढी स्पिडमा सवारी गुडाउने प्रत्येकलाई पाँच सयका दरले जरिवाना गरिएको ट्राफिक हवल्दार रामेश्वर पाण्डेले जानकारी दिए। उनका अनुसार दैनिक सयभन्दा माथि सवारी कारबाहीमा पर्न थालेका छन्।

'सबैभन्दा बढी टाइमकार्ड अटेर गरेकै कारण जरिवानामा परेका छन्,' ट्राफिक प्रहरी हवल्दार पाण्डेले भने, टाइमकार्डको जरिवाना दैनिक काट्नेसम्म पाइएको छ।' टाइमकार्डको नियम सबै सवारीले पालना गर्दा सवारी दुर्घट्ना कम हुने भएकाले सबैले पालना गर्नुपर्ने चेतावनी ट्राफिक प्रहरीले दिँदै आएको छ।

प्रकाशित: ५ फाल्गुन २०७३ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App