४ वैशाख २०८१ मंगलबार
राजनीति

स्ववियु निर्वाचन फागुन २१ लाई सार्ने सहमति

काठमाडौं – फागुन १४ का लागि तय भएको स्ववियु निर्वाचन सार्न प्रमुख विद्यार्थी संगठनहरु सैद्धान्तिक रुपमा सहमत भएका छन्। अाैपचारिक निर्णयका लागि विद्यार्थी संगठनका नेताहरुको बैठक बिहीबार दिउँसो २ बजे त्रिभुवन विश्वविद्यालयमा बोलाइएको छ।

'त्रिभुवन विश्वविद्यालयमा बस्ने औपचारिक बैठकले निर्वाचन सार्ने र नयाँ तालिका सार्वजनिक गर्दैछ,’ नेविसंघका अध्यक्ष नैरसिंह महरले भने,‘पाँच दिनपछि सार्ने भनिएको निर्वाचनको नयाँ तालिकामा केही हेरफेर हुनेछ।’

बैठकले स्ववियु निर्वाचन सार्ने र नयाँ तालिका सार्वजनिक गर्नेछ।

‘प्रमुख दलका विद्यार्थी संगठनका नेताहरुबीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सार्न अनौपचारिक समझ्दारी भएको हो। त्रिभुवन विश्वविद्यालयमा बस्ने औपचारिक बैठकले निर्वाचन सार्ने र नयाँ तालिका सार्वजनिक गर्दैछ,’ नेविसंघका अध्यक्ष नैरसिंह महरले भने,‘पाँच दिनपछि सार्ने भनिएको निर्वाचनको नयाँ तालिकामा केही हेरफेर हुनेछ।’

विप्लव माओवादीको विद्यार्थी संगठनले चुनाव सार्न गरेको आग्रहअनुसार पाँच दिन सार्ने सहमति हुनलागेको नागरिकन्युजलाई बताए।

बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादीका विद्यार्थी नेताहरु सहभागी हुँदैछन्।

त्रिभुवन विश्वविद्यालयले यसअघि फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। सो कार्यतालिकअनुसार बिहीबार उमेद्वारी दर्ताको लागि अन्तिम मिति तोकिएको थियो।

चुनाब सार्न दवाबस्वरुप विप्लब माओवादीले क्याम्पस प्रमुखहरुलाई धम्की दिने तथा अपहरण गर्ने कार्य सुरु गरेको थियो।

प्रकाशित: ५ फाल्गुन २०७३ ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App