coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अस्ट्रेलियालाई आश्विन रोडा- वा

नयाँ दिल्ली- पूर्वकप्तान स्टिभ वाले कीर्तिमानी भारतीय स्पिनर रविचन्द्रन आश्विनलाई ‘दी ब्राडम्यान अफ बलिङ’ को संज्ञा दिँदै अस्ट्रेलियाले आसन्न टेस्ट शृंखला जित्न उनलाई रोक्नुको विकल्प नभएको बताएका छन्। वाले आइतबार टेस्ट क्रिकेटमा सर्वाधिक छिटो २ सय ५० विकेट लिने कीर्तिमान बनाएका आश्विनलाई टेस्ट क्रिकेटका सर्वकालीन ब्याट्सम्यान डन ब्राडम्यानसँग तुलना गरेका हुन्।

‘उनी बलिङका ब्राडम्यान हुन्। डन ब्राडम्यानले ब्याटिङमा जे गरेका थिए, बलिङमा उनले त्यही अविश्वसनीय काम गरिरहेका छन्। उनी राम्रा ब्याट्सम्यानसमेत हुन्,’ वाले भने, ‘आश्विन यस्ता खेलाडी हुन् जसमाथि अस्ट्रेलियाले नियन्त्रण लिन जरुरी छ र सम्भवत त्यसपछि हामीसँग खेल जित्ने अवसर मिल्नेछ। भारतमा उनको प्रदर्शन अद्भुत रहँदै आएको छ।’

सन् २००४ मा हात पारेको २–१ को जितपछि अस्ट्रेलियाले भारतमा टेस्ट शृंखला जित्न सकेको छैन। शीर्ष टोली भारतले भने १९ खेलमा अपराजित रहँदै कीर्तिमान बनाएको छ। टोलीले कप्तान विराट कोहलीको नेतृत्वमा ६  टेस्ट शंृखला आफ्नो पक्षमा पारिसकेको छ।

टेस्ट क्रिकेटमा विश्व नम्बर एक बलर रहेका आश्विन भारतका सफलतामा महŒवपूर्ण खेलाडीका रूपमा रहँदै आएका छन्। घरेलु मैदानमा सम्पन्न पछिल्लो ३ टेस्ट शृंखलामा उनले ६१ विकेट लिएका थिए।

उनले सोमबार हैदराबादमा सम्पन्न बंगलादेशविरुद्धको एक मात्र टेस्टमा विजयी  प्रदर्शन गर्ने क्रममा दोस्रो इनिङमा ७३ रन खर्चंदै ४ विकेट लिएका थिए।

भारतले हालेै बंगलादेशलाई पराजित गरेको थियो भने सेप्टेम्बरमा न्युजिल्यान्डविरुद्धको शंृखला ३–० ले ह्वाइटवास गरेको थियो । त्यस्तै गत वर्षको अन्त्यमा इङल्यान्डविरुद्धको पाँच टेस्टको शंृखला ४–० ले आफ्नो पक्षमा पारेको थियो।

‘भारतलाई भारतमै हराउन कठिन छ र यो पछिल्लो दुई वर्षमा प्रमाणित हुँदै आएको छ। उनीहरूको टोली धेरै सन्तुलित छ र सबै जना आफ्नो जिम्मेवारीमा धेरै आत्मविश्वासी छन्,’ वाले भने।

भारत र अस्ट्रेलियाबीचको ४ टेस्ट शृंखलाअन्तर्गत पहिलो खेल २३ फेबु्रअरीबाट पुनेमा सुरु हुनेछ।

प्रकाशित: ५ फाल्गुन २०७३ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App