coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आयुशको बलले बृहस्पति धराशयी

काठमाडौं- भानुभक्त र सैनिक आवासीय महाविद्यालय 'बी' ले बुधबार  प्रधानसेनापति अन्तरस्कुल १०औं ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन्। भक्तपुरस्थित आर्मी स्कुल मैदानमा भानुभक्तले बृहस्पतिलाई ६२ रनले हरायो। सुरुआतमा ब्याटिङ गरेको भानुभक्तले १५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय २८ रन बनायो। भानुभक्तका विवेकसौर्य न्यौपाने र आलोककुमार पालले उत्कृष्ट ब्याटिङ गरे।

अविजित रहेका विवेकले ३८ र आलोकले २४ रन जोडे। विवेकले ४० बलको सामना गरी ६ चौका प्रहार गर्दै बृहपस्तिका बलरलाई दबाब दिए। विवेकसँगै आलोक पनि विपक्षी बलरका लागि टाउको दुखाइ बने। प्रभावशाली ब्याटिङ गर्ने क्रममा आलोकले ७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै भानुभक्तको स्कोरलाई बढाउन सहयोग गरे। बृहस्पतिका सुजलराज भण्डारी र आयुश पौडेलले समान १ विकेट लिए।

भानुभक्तका आयुश पौडेलले खतरनाक बलिङ गरेपछि जबाफमा बृहस्पतिले ११.४ ओभर खेल्दै ६६ रन मात्र जोड्न सक्यो।

प्लेयर अफ दी म्याच आयुशले ५ विकेट लिए। उनले ३ ओभरमा १३ रन खर्चेका थिए। भानुभक्तका प्रवेश थपलियाले २ र आलोककुमार पालले १ विकेट लिए।

बृहस्पतिका लागि अशेष खनालले २३, अनिस गोयलले १४ र प्रथम भुजेलले ९ रन बनाएका थिए। 

अर्को खेलमा सैनिक आवासीयले ग्यालेक्सीलाई १७ रनले हरायो।

घरेलु मैदानमा सैनिकलले टस जित्दै सुरुआतमा ब्याटिङ रोजेको थियो। सैनिकले २० ओभरमा १ सय ७ रन बनायो। सैनिकका क्रिस कार्कीले २३, सुमन बलामीले १७ र जबाफजंग मल्लले १२ रन बनाए। सैनिकका लागि सर्वाधिक रन जोडेका क्रिसले २३ बलमा २ चौका प्रहार गरे। ग्यालेक्सीका रोशन खत्री र दावा शेर्पाले समान २ विकेट लिए।

सैनिकका क्षितिजजंग शाही र निश्चल तामाङले ३/३ विकेट लिएपछि जबाफी ब्याटिङमा ग्यालेक्सीले १८.४ ओभरमा ९० रन मात्र जोड्न सक्यो। ग्यालेक्सीका मोहम्मद अफताबले २१ र सुवास यादवले १७ रन जोडे।

प्लेयर अफ दी म्याच सैनिकका क्षितिजले ४ ओभरमा १० रन खर्चंदै ३ विकेट लिएका थिए। निश्चलले ३ ओभरमा १८ रन खर्चे।

प्रकाशित: ५ फाल्गुन २०७३ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App