५ वैशाख २०८१ बुधबार
राजनीति

राप्रपा अध्यक्षमा थापा सर्वसम्मत

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरू एकता महाधिवेशनअघि नै कमल थापालाई अध्यक्ष बनाउन सहमत भएका छन्। पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दको निवासमा बुधबार साँझ बसेको शीर्ष नेताहरूको बैठकमा उक्त सहमति भएको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकतापछि फागुन ६ देखि ९ गतेसम्म राप्रपाले एकता महाधिवेशन गर्दैछ। दुई पार्टीबीच गत मंसिर ६ गते एकीकरण भएको थियो। महाधिवेशनमा थापासँगै पशुपतिशमशेर राणा र प्रकाशचन्› लोहनी अध्यक्षका दाबेदार थिए।

'देशभरबाट आएको परिणाम, आम कार्यकर्ताको माग, शुभचिन्तकको चाहना र देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ नेतृत्वमा सहमति भएको हो'।

शीर्ष चार नेता थापा, लोहनी, राणा र चन्दले पार्टीको विधानमा नीति निर्धारण तथा निर्देशन समिति बनाउने र अध्यक्षमा थापालाई समर्थन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। समितिमा राणा, चन्द, लोहनीसहितका वरिष्ठ नेता रहनेछन्। पार्टीलाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन महाधिवेशनलाई पारस्परिक एकता, सद्भाव र सहमतिको आधारमा सम्पन्न गराउन नेताहरूले आह्वान गरेका छन्।

'देशभरबाट आएको परिणाम, आम कार्यकर्ताको माग, शुभचिन्तकको चाहना र देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ नेतृत्वमा सहमति भएको हो,' सहप्रवक्ता श्रेष्ठले भने।

पार्टीले राजासहितको प्रजातन्त्रको नीति महाधिवेशनबाट पारित गराउने श्रेष्ठले बताए।

राप्रपामा अबको केन्द्रीय कार्यसमिति एक सय ६१ सदस्यीय हुनेछ, जसमा ९६ जना निर्वाचित हुनेछन्। पाँच उपाध्यक्ष, तीन महामन्त्री, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक प्रवक्ता, दुई सहप्रवक्ता र एक कोषाध्यक्षको मनोनयन अध्यक्षले गर्ने व्यवस्था गरिएको छ । केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला र दलित आदिवासी जनजाति, अल्पसंख्यक तथा उत्पीडितका लागि समावेशी व्यवस्था गरिएको सहप्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित: ५ फाल्गुन २०७३ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App