coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक हजार दरका त्रुटिपूर्ण नोट फेला

महोत्तरी—गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन्। यहाँको सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजार दरको बन्डलमा तीन वटा नोट एउटै नम्बरको फेला परेको हो। 
 

राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका ती नोट मङ्गलबार एक सेवाग्राहीले बैकबाट पैसा निकाल्दा फेला परेको हो। ङ १६ ५९२९०६ नम्बरका ती नोट फेला परेपछि यहाँका जनता चकित भएका छन्। 

ती नोटमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। रासस

प्रकाशित: ४ फाल्गुन २०७३ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App