८ वैशाख २०८१ शनिबार
राजनीति

मुलुकमा अझै राजनीतिक संकट कायम छ: सभापति देउवा

रामेछाप- नेपाली कांगेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुक अहिले पनि राजनीतिक संकटको घडीमा दौडिरहेको रहेको बताए।

                जिल्लाको बेथान गाउँ विकास समितिमा सहिद गोविन्द  खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले मुलुकमा पछिल्ला दिनहरुमा केही उपलब्धीहरु हाँसिल भएता पनि अझै संकटको अवस्था कायम नै रहेको बताए। यो संकट घडीबाट देशलाई मुक्ति दिलाउनु अहिलेको आवश्यकता रहेको त्यसको नेतृत्व कांग्रेसले नै लिनु पर्ने अहिलेको अवस्था रहेको बताए।

नेपालमा प्राप्त उपलब्धीहरुलाई संस्थागत रुपमा विकास गर्न र जनताको अधिकार माथि कुठराघात हुन नदिइ सुनिश्चित गरी उनीहरुको मुहारमा छाएको हाँसोलाई दीर्घकालिन बनाउनु पर्नेमा जोड दिए। देउवाले आगामी मंसिर सम्ममा स्थानीय, प्रान्त र संघीय तहको निर्वाचन सम्पन्न भएर छाडने बताए। उनले निर्धारित समयमा चुनाव हुनुको अर्को विकल्प समेत नरहेको बताए। कार्यक्रमममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले १ दशकको शसस्त्र द्वन्द्वले समाजलाई पीडा दिएको र त्यो पीडाको चोटमा आज पनि उचित मलहम लाग्न नपाएता पनि ती पीडित मनमा त्रासको वाताबरण हटेको बताए। जसका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेकोले आज मुलुकमा केही मात्रामा शान्तिको महशुस गर्न पाएको दाबी गरे। उनले नेपालको संविधान माथि उठेको विवादलाई व्यवस्थापिका संसदबाट नै सल्टाउने अधिकार दिनु पर्नेमा जोड दिए।

                 

    

प्रकाशित: ४ फाल्गुन २०७३ १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App