coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

फागुन १४ मै स्ववियू निर्वाचन गराउन शीर्ष नेता सहमत

काठमाडौं- तोकिएको समयमा स्ववियु निर्वाचन गराउनका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले सहमती जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको बैठकमा उनीहरुले यस्तो प्रतिबद्वता जनाएका हुन्।

 'तीन नेताबीच निर्धारित समयमा नै चुनाव गर्ने भन्ने सहमती भएको छ', बैठक पछि अनेरास्ववियूका अध्ययक्ष नरेन्द्र न्यौपानेले भने, 'स्ववियु चुनावलाई पछि धकेल्नु हुन्न भन्ने शीर्ष नेताहरुबीच सहमति भएको छ।'

बैठकमा विश्वविद्यालयका पदाधिकारीहरुले नेताहरुलाई फागुन १४ मा नै निर्वाचान गराउने वातावरण बनाइदिनको लागि समेत आग्रह गरेका छन्।

प्रधानमन्त्री दाहालले निर्वाचनको लागि सरकारको तर्फबाट गर्नु पर्ने सहयोगको लागि आफु प्रतिबद्व रहेको बताए। स्ववियु चुनावले स्थानीय निकायको चुनाव लाई समेत अप्रत्यक्ष रुपमा प्रभाव पार्ने भएकाले देशमा निर्वाचनको माहोल बनाउन सहयोग हुने नेताहरुको धारणा छ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मा नै निर्वाचन गर्नु पर्ने बताउँदै क्याम्पसमा तालाबन्दी नगर्न आग्रह गरे।  

एमाले अध्यक्ष केपी ओलीले निर्वाचन सार्न नाहुने बताए। चुनाव फागुन १४ गतेका लागि तय भएताप नि विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले भने यसका विरुद्वमा विभिन्न कार्यहरु गर्दै आएको छ। क्रान्तिकारीले विभिन्न क्याम्पसमा तालाबन्दी लगायत विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आइरहेको छ।

 

प्रकाशित: ४ फाल्गुन २०७३ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App