coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१७ वर्षीय किशोरीको हत्या आरोपमा ५ पक्राउ

खोटाङ– खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया रिता तामाङको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनाबिरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ। घटनामा शंकास्पद मानिएपछि पक्राउ परेका ५ आरोपीबिरुद्ध मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए। रितासँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सूचनाका आधारमा शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी किशोरी गत बुधबार छिमेकी गाविस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।

‘घटनामा संलग्न भएको आशंकामा ५ जनाबिरुद्ध म्यान थप गरेर अनुसन्धान अघि बढाइएको छ,’ डिएसपी प्रधानले भने, ‘घटनाका मुख्या, सहयोगी र मतियार पत्ता लगाउन अनुसन्धान जारी छ ।’ उनीहरुको नाम प्रहरीले खुलाएको छैन। ५ जनाबाटै दोषी र सहायक पत्ता लाग्ने प्रधानको भनाइ छ। घटनाको अनुसन्धानका लागि डिएसपी प्रधान आफै टोली लिएर घटनास्थलमा पुगेका थिए ।

होटलमा काम गर्दै आएकी रिता मंगलबार साँझ घर नआएपछि खोजी गर्नेक्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिइन् । बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान गरिएको छ । प्रहरीका अनुसार युवतीको शवको टाउको फुटेका, दाँत खसाइदिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो ।

भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महत खोटाङको डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलाको दोभानमा माघ २२ गते मृत फेला परेकी थिइन्। उनको हत्यामा संलग्न आरोपमा चिसापानी–४ का ४० वर्षीय रोहिन कार्की पक्राउ परिसकेका छन्।

 

प्रकाशित: ४ फाल्गुन २०७३ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App