५ वैशाख २०८१ बुधबार
अर्थ

उद्योगमन्त्रीले भने, ‘नेपालका लागि यो आर्थिक क्रान्तिको समय हो’

काठमाडौं– उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालका सबै राजनीतिक दलहरुको ध्यान अहिले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको बतएका छन्।  

सरकारले फागुन १९ र २० गते काठमाडौंमा आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनको तयारीबारे बुधबार उद्योग मन्त्रालयकामा आयोजित नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री जोशीले यस्तो बताएका हुन् ।

नेपालमा अबको समय औद्योगिक क्रान्तिको समय हो,’ मन्त्री जोशीले भने ।

पूर्वाधार विकासका साथसाथै उत्पादन मूलक उद्योगमा लगानी गरी फाईदा लिन स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

उद्योग मन्त्रालयले औद्योगिक वातावरण निर्माणका लागि आवश्यक कानूनहरुको समसामयिक सुधारतर्फ लागेको भन्दै मन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तातरणसम्बन्धी कानून मन्त्रालयबाट निर्माण भई सरोकारवाला मन्त्रालयहरु बीच अन्तिम छलफलमा रहेको र आगामी लगानी सम्मेलन अगावै मन्त्रिपरिष्बाट स्वीकृत गरेर संसदमामा टेवुल गरिसक्ने प्रतिवद्धता व्यक्त गरे।  

प्रस्तावित कानूनले नेपाली लगानीकर्ता सरह विदेशी लगानी कर्तालाई पनि छूट सुविधाहरुको व्यवस्था गरेको भन्दै मन्त्री जोशीले विदेशी लगानीको प्रवेश तथा बहिर्गमनलाई सरलीकृत बनाइएको बताए।  

औद्योगिक प्रवद्र्धन बोर्डको बैठक नियमित प्रत्येक महिना बस्ने गरी अगाडि बढाउन लागिएको भन्दै मन्त्री जोशीले नेपालको लगानी सम्मेलनबारे अन्तराष्ट्रियस्तरबाट चासो व्यक्त भइरहेको बताए।  

छलफल विदेशी कुटनैतिक नियोगका प्रतिनिधिहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको पछिल्लो अवस्थाका वारेमा चासो व्यक्त गरेका थिए।

लगानी आकर्षित गर्न औद्योगिक वातावरण जरुरी रहेको भन्दै उनीहरुले औद्योगिक वातावरण बन्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, बौद्धिक सम्पत्तिसम्बन्धी ऐन र श्रम ऐनमा समसामयिक सुधार आवश्यक रहेको बताए।  

यसरी धारणा राख्नेहरुमा नेपालस्थित फ्रान्स, अमेरिका, वेलायत, जापान र जर्मनीका कुटनैतिक नियोगका प्रतिनिधिहरु थिए।  

अन्तरक्रिया कार्यक्रममा सम्मेलन तयारी समितिका सदस्य एवं लगानी बोर्डका वरिष्ठ व्यवस्थापक रतिस बस्नेतले अहिलेसम्म विभिन्न मुलुकका ४० जनाले सम्मेलनमा सहभागिताका लागि प्रतिवद्धता जनाइसकेको जानकारी दिए।

प्रकाशित: ४ फाल्गुन २०७३ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App