coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डडेल्धुरा जीप दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, मृतक सबै एकै गाविसका

डोटी– डडेल्धुरा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुई जनाको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएपछि मृतकको संख्या बढेको हो। यसअघि घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो।  

मृतक सबैको सनाखत भैसकेको छ । उनीहरु सबै भागेश्वर गाविसका रहेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। उनका अनुसार घटनास्थलमै मृत्यु हुनेहरुमा भागेश्वर–८ का गणेश सार्की, भागेश्वर–४ का लक्ष्मण भट्ट, भागेश्वर–४ कै जयानन्द भट्ट, भागेश्वर–५ कामदेव चटौत र भागेश्वर–५ कै नरपती पाण्डे रहेका छन्।

यस्तै भागेश्वर–५ का दिवाकर पाण्डे र भागेश्वर–७ का पदमबहादुर मल्ल रहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।

अन्य ५ जना घाइतेहरुको डडेल्धुरास्थित उप–क्षेत्रीय अस्पतालमा उपचार भैरहेको उनले बताए। जसमध्ये १ जनाको अवस्था गम्भीर र अन्यको सामान्य रहेको उनले जनाए।

दुर्घटनाको कारणबारे अझै विस्तृत तथ्य पत्ता नलागेको उनले बताए । ‘उद्दारकै क्रम चलिरहेकाले यस बिषयमा बुझेका छैनौं,’ उनले भने, ‘सडक अलि उकालो घुम्ती पनि छ। सायद चालककै लापरबाही हुनसक्छ।’

प्रारम्भिक सोधपुछका क्रममा जीपमा १२÷१३ जना सवार रहेको बुझिएको उनले बताए।

भागेश्वर गाविसबाट सदरमुकामतर्फ आइरहेको उग्रतारा यातायातको से १ ज ८३३ नम्बरको जीप करिब पौने १२ बजे अमरगढी नगरपालिका–३ ठुलोखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो। जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ।

याे पनि

डडेल्धुरामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

 

प्रकाशित: ४ फाल्गुन २०७३ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App