६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

‘फेसन सेक्रेट’को र्याम्पमा अभिनेत्री वर्षा (फाेटाे/भिडियाे)

काठमाडौं – भ्यालेन्टाइन्स डेको अवसरमा राजधानीमा ‘फेसन सेक्रेट’ नामक फेसन शोको आयोजना भएको छ। मंगलबार राजधानीको ब्लुबर्ड मलमा आयोजित उक्त फेसन शोमा ३० मोडलहरुले क्याटवाक गरेका थिए।

भिडियाे

डिजाइनरहरु  उत्कृष्ट खड्का, वंशी खड्का, सवाना बेगम, रिया महर्जन र अनिता लोहनीले तयार गरेको ‘मेड इन नेपाल’, ‘जोडी’, ‘जेन’ र ‘रोयल’लगायत थिमका पहिरनहरुमा मोडलहरु र्याम्पमा उत्रिएका थिए। ‘पशुपतिप्रसाद’की अभिनेत्री वर्षा सिवाकोटी डिजाइनरहरुको ड्रेसमा ¥याम्पमा देखिइन्। ¥याम्प शोको कोरियोग्राफी प्रितम श्रेष्ठले गरेका थिए।

‘भ्यालेन्टाइन्स डेलाई केन्द्रित गरेर फेशन शोको आयोजना गरिएको हो। नेपाली डिजाइनरहरुले तयार गरेको पहिरनमा मोडलहरु ¥याम्पमा देखिएका थिए,’ आयोजकका आशिष पाण्डेले भने।

कार्यक्रमको आयोजना नेपाल इन्स्टिच्युट अफ फेशनले गरेको थियो। फेशन शोलगत्तै आयोजित सांगीतिक कार्यक्रममा गायक निर्णय श्रेष्ठ, रवि रिमाल र हाँस्यकलाकार योयो महादेवले प्रस्तुती दिएका थिए।

कार्यक्रममा नेपाली चलचित्रका नायक शिव श्रेष्ठ पनि उपस्थित थिए।

हेर्नहाेस् तस्बिरहरूः
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App