coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उपाधि मोफसलमै रहने पक्का

उदयपुर- रुपन्देही ११ ले मंगलबार सेमिफाइनलमा विजय हासिल गरेपछि गाईघाटमा जारी चौथो रमपम उदयपुर गोल्डकपमा उपाधि मोफसलको टोलीले जित्ने पक्का भएको छ। गाईघाटस्थित उदयपुर रंगशालामा मंगलबार सम्पन्न अन्तिम चारको दोस्रो खेलमा रूपन्देहीले काठमाडौंको हिमालयन शेर्पा क्लबमाथि ३–२ को विजय हासिल गरेको थियो।

बिहीबार हुने फाइनलमा रूपन्देहीले मोरङ ११ को सामना गर्नेछ। मोरङले अघिल्लो दिन काठमाडौंको सिएमजी संकटा क्लबमाथि विजय हासिल गर्दै फाइनलयात्रा पक्का गरेको थियो।

दीपक राईले दुई गोल गरेपछि रूपन्देहीको जित सम्भव भएको थियो। अमर डंगोलको गोलमा २०औं मिनेटमा रूपन्देहीले अग्रता लिएको थियो। जसलाई मध्यान्तर हुन ८ मिनेट बाँकी रहँदा दीपकले दोब्बर पारे। अन्तिम समयसम्म रूपन्देही २–० को अग्रता कायम राख्न सफल भएको थियो। ८३औं मिनेटमा विश्वास श्रेष्ठले एक गोल गरेर खेलमा फर्किने आशा जगाएका थिए। तर दीपकले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रूपन्देहीको अवस्था थप सहज पारे। इन्जुरी समयको तेस्रो मिनेटमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी एलेक्सले गोल गरे पनि त्यो टोलीलाई खेलमा फर्किन पर्याप्त भएन।

रूपन्देहीका लागि दुई गोल गर्दै फाइनलयात्राको बाटो बनाएका दीपक खेलको म्यान अफ दी म्याच भए।प्रतियोगितामा बुधबार कुनै प्रतिस्पर्धात्मक खेल नहुँदा स्थानीय कर्मचारी र पत्रकार तथा आयोजक र राजनीतिक दलबीच मैत्रीपूर्ण खेल गराइने भएको छ।

प्रकाशित: ४ फाल्गुन २०७३ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App