७ वैशाख २०८१ शुक्रबार
कला

निर्देशक खोज्दै 'रंगीन'

काठमाडौं- निर्देशकलाई फिल्मको क्याप्टेन अर्थात् प्रमुख मानिन्छ। उसैले कलाकारलाई अभिनयदेखि प्राविधिकलाई प्रविधिसम्मको अवस्था जानकारी गराउँछ। तर, निर्माणमा रहेको नयाँ फिल्म 'रंगीन'ले भने निर्देशक टुंगो नलाग्दै फिल्मको घोषणा गरेको छ। सुवास थापा प्रोडक्सनको ब्यानरमा आकांक्षा इन्टरटेनमेन्टसँगको सहकार्यमा यो फिल्म निर्माण हुनेछ। निर्देशकबाहेक फिल्मसँग सम्बन्धित सबै सदस्य सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो।

फिल्ममा नवराज श्रेष्ठ र बाबु भण्डारीसँगै निशा अधिकारीले अभिनय गर्ने छिन्। निर्देशक चयनका लागि तीन महिनाको अवधि राखिएको छ। योबीचमा इच्छुक जोकोहीले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने बताइएको छ। निर्माण टिमले राम्रो काम गर्ने अनि स्त्रि्कप्टमा सक्षम निर्देशकलाई फिल्ममा लिने बताएको छ।

जेठबाट फ्लोरमा जाने फिल्ममा ताराप्रकाश लिम्बुको संगीत  रहनेछ। शिव विकले कोरियोग्राफी गर्ने फिल्ममा विनोदकुमार सिंहले निर्माणमा साझेदारी गर्दै छन्। बलिउडमा समेत छायांकनको अनुभव संगालेका नरेन सिंहले फिल्म खिच्नेछन्।

प्रकाशित: ४ फाल्गुन २०७३ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App