७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनढुंगा उत्खनन गर्न र वनकाे रूख काट्न दिने सरकारकाे निर्णय

काठमाडौं– सरकारले जलविद्युतलगायत विभिन्न पूर्वाधार आयोजनाहरु निर्माण र सञ्चालनका लागि अवरोध हुने रुखहरू काट्नका लागि स्वीकृति दिने निर्णय गरेकाे छ।

नदाह कोशी पुल, चतरा रुपनगर सडकको स्तरोन्नतिका लागि थप वन क्षेत्र प्रयोग गर्न दिने, चुनढुङ्गा उत्खननका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि बैठकले गरेकाे छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ बसेकाे मन्त्रिपरिषद्काे बैठकले यस्ताे निर्णय गरेकाे हाे।

बैठकले चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउने प्रक्रियालाई सैद्धान्तिक स्वीकृति दिने,  भूमिसुधार मन्त्रालयअन्तर्गत व्यवस्थित बसोबास आयोगको गठन प्रक्रियालाई स्वीकृति दिने निर्णय पनि गरेकाे छ।

बैठकले विद्यालय क्षेत्र सुधार कार्यक्रम(एसएसअारपी) का लागि विश्व बैंकबाट ऋण लिन वार्ता टाेली गठन गर्ने निर्णयसमेत गरेकाे छ। 

 

प्रकाशित: ३ फाल्गुन २०७३ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App