coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोरला नाकामा छिट्टै सीमा सुरक्षा बल र सेनाको ब्यारेक राखिने

कोरला नाकामा रहेको सीमा स्तम्भ। तस्बिरः टेकनारायण

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल-चीन जोड्ने कोरला नाकामा छिट्टै सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र लोमाङ्थाङमा नेपाली सेनाको ब्यारेक स्थापना गर्ने बताएका छन्। बिहीबार कोरला नाका पुगेर फर्केपछि उनले सीमा क्षेत्रमा तत्काल सुरक्षा उपस्थिति हुने बताए।

बिहीबार उपप्रधामन्त्री त्रय विजयकुमार गच्छदार, भीम रावल र टोपबहादुर रायमाझी, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, अर्थराज्यमन्त्री दामोदर भण्डारी, रक्षासचिव महेशप्रसाद दाहाल, सडक विभाग र सुरक्षा निकायका प्रतिनिधि रहेको टोली नेपाली सेनाको हेलिकप्टरबाट उपल्लो मुस्ताङ पुगेका थिए।

‘कोरला नाका हामीले सोचेभन्दा सहजै संचालनमा आउन सक्ने हामीले महसुस गरेर फर्केका छौं,’ मन्त्री रावलले नागरिकन्युजसँग भने ‘फराकिलो मैदान भएकोले त्यो क्षेत्र बहुउपयोगी हुन सक्ने देखियो, सडक निर्माण गर्न पनि माथिल्लो मुस्ताङमा निकै सहज देखियो।’ 

‘कोरला नाका हामीले सोचेभन्दा सहजै संचालनमा आउन सक्ने हामीले महसुस गरेर फर्केका छौं,’ मन्त्री रावलले नागरिकन्युजसँग भने ‘फराकिलो मैदान भएकोले त्यो क्षेत्र बहुउपयोगी हुन सक्ने देखियो, सडक निर्माण गर्न पनि माथिल्लो मुस्ताङमा निकै सहज देखियो।’ 

उनले चीन–नेपालबीच वस्तु आयात–निर्यात गर्न कोरला नाका तुलनात्मक निकै सहज हुने बताए।

‘अहिले कमैको पहुँच रहेका मुक्तिनाथ क्षेत्र, दामोदर कुण्ड जस्ता धर्मिक क्षेत्र र पर्यटकीय दृष्टिले निकै संभावना रहेको समग्र मुस्ताङलाई नै कोरला नाकाले प्रकाशमा ल्याउँछ,’ रावलले भने ‘यो नाका सुचारु गर्न अब ढिलो गर्नु हुन्न भन्ने निष्कर्शमा हमी पुगेका छौं।’

पोखरा–बेनी–जोमसोम सडक र त्यहाँदेखि उता कोरला नाकासम्म सडक विस्तार र स्तरोन्नतीको कामलाई तिब्रता दिने मन्त्री रावलले बताए।

अहिलेसम्म कोरलादेखि यता करिव १०० किलोमिटरबीचमा नेपाली सेना र सशस्त्र प्रहरीको उपस्थिति छैन। चीनतर्फ दशगजा छेउमै सीमा सुरक्षा पोष्ट छ।

प्रकाशित: २३ असार २०७३ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App