७ वैशाख २०८१ शुक्रबार
अर्थ

बागमती नदीमा एस्काभेटर लगाउन प्रशासनको रोक

रौतहटको समनपुर गाविसस्थित बागमति नदीमा एस्काभेटर लगाएर उत्खनन गर्दै। तस्बिरः मदन ठाकुर

रौतहट– बागमती नदीको विभिन्न घाटमा अवैध रुपमा लगाइएको एक्जाभेटरमाथि स्थानीय प्रशासनले रोक लगाएको छ।

सर्लाहीको अनुमतिमा रौतहटको सीमाभित्र केही ठेकेदारले अवैध रुपमा वागमती नदीमा एक्जाभेटरको प्रयोग गरी गिट्टी र बालुवा उत्खनन गरिरहेको व्यापक जन गुनासो बढेपछि स्थानीय प्रशासनले एक्जाभेटरको प्रयोग गरी गिट्टी र बालुवा उत्खननमा मंगलबार रोक लगाएको छ।

जिल्लाको बागमती नदीको समनपुर, टोकार र रमौली घाटमा अवैध रुपमा गिट्टी र बालुवा झिकी केही ठेकेदारले कारोबार गर्दै आएका थिए। आन्तरिक कामको लागि गिट्टी र बालुवा झिक्न केही खुकुलो गरेको अवस्थामा कतिपयले व्यावसायिक रुपमै झिक्न थालेपछि स्थानीयल विरोध गरेका थिए। रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले एक्जाभेटरको प्रयोग गरी रौतहटको कुनै पनि खोलाबाट गिट्टी र बालुवा झिक्न रोक लगाइएको बताएका छन्।

स्थानीय निकायका कर्मचारीहरु आन्दोलनमा रहेको मौका छोपी जथाभावी गिट्टी र बालुवा निकासी भइरहेकोमा प्रमुख जिल्ला अधिकारी थापाले इलाका प्रहरी कार्यालय समनपुरलाई फोन गरी तत्काल उत्खननमा रोक लगाएका हुन्। यसैबीच सर्लाहीबाट निर्वाध रुपमा इजाजत नै नलिई रौतहटतिर आइरहेको गिट्टी र बालुवालाई जिविस सर्लाहीले अमानतमा निकासी कर उठाउन गाविसको कार्यालय कर्मैया बागमतीलाई अधिकार प्रदान गरेको छ।

गिट्टी र बालुवाको निकासीको लागि जिविस सर्लाहीले ठेक्का नगरेकोले अमानतमा उठाउन अधिकार दिएको जिविस सर्लाहीले जनाएको छ।
 

प्रकाशित: ३ फाल्गुन २०७३ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App