coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गभर्नर नेपालको हस्ताक्षरसहितको हजार दरका नयाँ नोट चलनचल्तीमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले २० करोड थान एक हजार दरका नयाँ नोट बजारमा ल्याएको छ।

चिरञ्जीवी नेपाल गर्भनर भएपछि राष्ट्र बैंकले पहिलो पटक उनको हस्ताक्षर भएको २ खर्ब रुपैयाँ बराबरका उक्त हजार दरका नोट बजारमा ल्याएको हो।

चीनको मिन्टिङ प्रिन्टिङ प्रेसमा छपाएर ल्याइएको उक्त नयाँ नोटको छपाइ लागत १ रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ।

यसअघि उक्त दरको नोट छाप्दा ३ रुपैयाँ ९२ पैसा लाग्ने गरेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए।

‘सम्झौता गरेको साढे ७ महिनामा उक्त दरको नोट ल्याउन केन्द्रीय बैंक सफल भएको हो,’ उनले भने, ‘यसअघि उक्त दरको नोट छाप्न सम्झौता भएको मितिले १५ महिना लाग्ने गरेको थियो।’

नयाँ नोट मंगलबारदेखि चलनचल्तीमा ल्याएको उनले बताए।

प्रकाशित: ३ फाल्गुन २०७३ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App