coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनसेलमा फेसबुक निःशुल्क

काठमाडौं—निजी क्षेत्रको टेलिकम सेवाप्रदायक कम्पनी एनसेलबाट फेसबुक चलाउनेहरु राहात पाउने भएका छन्। एनसेलको नेटवर्कमा आज राति १२ बजेदेखि फेसबुक निःशुल्क हुँदैछ।

इन्टरनेट फर अल नाराका साथ एनसेलले फेसबुकसँगको साझेदारीमा तीन महिनाका लागि यस्तो योजना ल्याएको कम्पनीका सिइअाे सिमोन पार्किन्सले जानकारी दिए। यो योजना ९० दिनका लागि हुने उनले जानकारी दिए।

इन्टरनेट फर अल नाराका साथ एनसेलले फेसबुकसँगको साझेदारीमा तीन महिनाका लागि यस्तो योजना ल्याएको कम्पनीका सिइअाे सिमोन पार्किन्सले जानकारी दिए। यो योजना ९० दिनका लागि हुने उनले जानकारी दिए।

फेसबुक फ्रि अफर अन्तर्गत एनसेल प्रयोगकर्ताले फोटो अपलोड, सेयर, कमेन्ट रिप्लाई, लाइक गर्न पैसा तिर्नुपर्ने छैन। फेसबुक केन्द्रित एनसेलका अन्य प्याकेजहरु कायमै रहेको कम्पनीले जनाएको छ।

एनसेलले सामाजिक सञ्जाल ट्विटर यसअघि नै निःशुल्क गर्दै अाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७३ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App