coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बर्खास्त सिइओ ज्ञवालीको रिटमा अन्तरिम अादेश भएन

काठमाडौं— राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका बर्खास्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीको रिटलाई सर्वोच्च अदालतले प्राथमिकता दिँदै फैसलाको लागि पठाएको छ।

न्यायाधीशद्वय जगदशी शर्मा पौडेल र हरिकृष्ण कार्कीको इजासलले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै फैसलाका लागि पठाएको हो। सरकारले ज्ञवालीलाई बर्खास्त गरे पनि हाल नयाँ सिइओ नियुक्त गरी काम गरेको देखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपछि हालका सिइओ प्राडा गोविन्द पोखरेलको नियुक्ति फैसला नभएसम्मका लागि वैधानिक भएको छ।

सर्वोच्चले ज्ञवालीलाई हटाउने कानुनसम्मत भए नभएको विषयमा फैसलाले बोल्ने भनेपछि पोखरेलले निर्धक्कसँग काम गर्न पाउने भएका छन्। ज्ञवाली २०७३ माघ ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित: ३ फाल्गुन २०७३ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App