काठमाडौं- गत पुस २० गते त्रिभुवन विश्वविद्यालयको साधारणसभा अध्यक्षता ग्रहण गर्दै कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्तव्यमा स्ववियु चुनाव नहुने संकेत गरेका थिए। 'संस्थाको जीवन्तताका लागि स्ववियु निर्वाचन अपरिहार्य छ,' प्रधानमन्त्री दाहालले भनेका थिए, 'तर स्ववियु निर्वाचनले स्थानीय चुनावमा प्रभाव नपारोस्।'
विश्वविद्यालयले फागुन १४ गते तय गरेको स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हद र प्रधानमन्त्री बाधक रहेको विश्वविद्यालयका प्रध्यापकको ठहर छ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावमा २८ वर्ष उमेर हदबन्दी लागू गर्दै माघ १४ गते चुनाव कार्यतालिका सार्वजनिक गर्यो। लगत्तै स्ववियुमा पकड नभएको र हार खेप्नुपर्ने त्रासका कारण प्रधानमन्त्री र केही विद्यार्थी संगठन चुनाव नगराउने पक्षमा देखिएको विश्वविद्यालय प्रध्यापक संघका सभापति योगेन्द्रनारायण बडबडियाले बताए।
'प्रधानमन्त्री प्रचण्डलगायतका अन्य क्रान्तिकारी विद्यार्थी संगठनको स्ववियुमा पकड कमजोर छ,' प्राध्यापक बडबडियाले नागरिकसँग भने, 'स्ववियुमा हारे स्थानीय चुनावमा हार्ने त्रासले पनि चुनाव नचाहेको देखिन्छ।' उनले कांग्रेस निकट नेपाल विद्यार्थी संघले पनि उमेर हदको बहानामा चुनाव नचाहेको देखिएको बताए। उनले भने, 'चुनाव नगराउनकै लागि नेविसंघ र क्रान्तिकारीले क्याम्पसहरू ताला लगाउँदै हिँडेका छन्।'
उनका अनुसार शिक्षाध्यक्षको गाडीमा आगजनी गर्नु त्रिविको भौतिक सम्पत्तिमाथि आक्रमण गर्नु हो।
नेविसंघले भने कलेजमा तालाबन्दी र चुनाव बिथोल्ने नेविसंघका दोषी प्रतिनिधिमाथि कारबाही थालेको जनाएको छ। सभापति नैनसिंह महरले फागुन १४ गते जसरी पनि चुनाव सम्पन्न गराउन नेविसंघ लागिपरेको बताए।
'हामीले घोषणापत्र तयार गरी देशभरिका कलेजमा पठाइसक्यौं,' महरले भने, 'नेविसंघले ५ गतेभित्र उम्मेदवार घोषणा गर्नेछ। उनले उमेर हद स्ववियु चुनावमा बाधक नहुने दाबी गरे।
एमाले निकट अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले संगठन चुनाव तयारीमा रहे पनि नेविसंघ र केही क्रान्तिकारी विद्यार्थी संगठन बाधक बनेको आरोप लगाइन्। उनका अनुसार अनेरास्ववियु पनि उम्मेदवार घोषणाको तयारीमा छ।
विश्वविद्यालयका प्रवक्ता भोला ढकालका अनुसार हालसम्म देशभरिका ६० आंगिक कलेजमध्ये ३५ कलेजले स्ववियु उम्मेदवारको नामावली प्रकाशन गरिसकेका छन्। 'असन्तुष्ट विद्यार्थी संगठनसँग वार्ता भइरहँदा नै आगजनी गर्नु उचित होइन,' प्रवक्ता ढकालले भने, 'स्ववियु चुनाव निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न त्रिविका पदाधिकारीसँग छलफल भइरहेको छ।' उनले आतंक मच्चाउने काम नगर्न विद्यार्थी संगठनलाई आग्रह गरेका छन्।
त्रिवि शिक्षाध्यक्षको गाडीमा आगजनी
स्ववियु निर्वाचनप्रति असन्तुष्ट नेत्रविक्रम चन्द निकट माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिारीलगायत ६ वटा विद्यार्थी संगठनले सोमबार त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी गरेका छन्। कार्यालयतर्फ जाँदै गरेकी त्रिपाठीलाई ओरालेर विद्यार्थीले आगो लगाइदिएका हुन्। शिक्षाध्यक्ष त्रिपाठी स्ववियु निर्वाचन समिति संयोजक हुन्।
ललितपुरका डिएसपी ईश्वरराज कार्कीले घटनाबारे स्थनीयले सूचना गरेपछि मात्र जानकारी भएको बताए। 'घटनास्थलमा शिक्षाध्यक्ष त्रिपाठीले हल्लाखल्ला गर्नु भएन। प्रतिकार पनि नगरेको देखियो', डिएसपी कार्कीले नागरिकसँग भने, 'स्थानीयले खबर गरेपछि हामीले छानबिन थालेका छौं। शिक्षाध्यक्षले दिएको हुलियाअनुसारका व्यक्ति नै फेला परेन।'
चन्द निकट क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष पूर्ण सिंहले विश्वविद्यालयले संगठनसँग गरेको सहमतिअनुसार प्रक्रिया अघि नबढाएका कारण असन्तुष्ट ६ विद्यार्थी संगठनको सहमतिमा रेक्टरको गाडी जलाएको बताए।
'हामीलाई बेवास्ता गर्दै त्रिवि सभामा तीन विद्यार्थी संगठनका नेतालाई मात्र सभासद् बनाइएको छ,' अध्यक्ष सिंहले भने, ' चुनावका लागि फर्जी विद्यार्थी भर्ना गरिएको छ। त्यसैले विरोध गरेका हौं।'
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...
तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...
इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
यसमा तपाईको मत